लायन्स क्लबहरूको संयुक्त आयोजनामा मोतियाबिन्दु शल्यक्रिया गराएका ७३ बिरामीलाई कम्बल वितरण

लायन्स क्लबहरूको संयुक्त आयोजनामा मोतियाबिन्दु शल्यक्रिया गराएका ७३ बिरामीलाई कम्बल वितरण

बीरगंज ५ माघ

रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा लायन्स क्लब अफ बिरगंज परिवार, लायन्स क्लब अफ बिरगंज आदर्शनगर र लायन्स क्लब पोखरियाको संयुक्त आयोजनामा मोतियाबिन्दु शल्यक्रिया गराएका ७३ जना बिरामीलाई कम्बल वितरण गरिएको छ।

जोन चेयरपर्शन लायन डाक्टर लक्ष्मी थापा ज्युको पहलमा सम्पन्न उक्त कार्यक्रम सामाजिक उत्तरदायित्व र जनस्वास्थ्यप्रतिको प्रतिबद्धताको उदाहरण भएको वक्ताहरूले बताएका छन्। नागरिक तहबाट यस्ता पहलहरू बढ्दै जाँदा राज्यको स्वास्थ्य सेवा प्रणालीलाई समेत सकारात्मक सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो।

कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ बिरगंज आदर्शनगरका अध्यक्ष लायन सुरेश रुङ्गटाले गर्नुभएको थियो। उहाँले सामाजिक सेवामा राजनीतिक स्वार्थभन्दा माथि उठेर मानवताको पक्षमा काम गर्नुपर्नेमा जोड दिनुभयो। साथै स्थानीय तह, सामाजिक संघसंस्था र जनप्रतिनिधिहरूबीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।

कार्यक्रममा लायन्स क्लब अफ बिरगंज परिवारका अध्यक्ष लायन नरोत्तम पाण्डे, लायन्स क्लब पोखरियाका अध्यक्ष लायन नेजामुदिन समानी, वार्ड अध्यक्ष लक्ष्मण साह कानु, मनोज साह कानु, लायन म. जावेद आलम, तिलक नारायण प्रसाद पटेल तथा रिपेश मालीको विशेष उपस्थिति रहेको थियो।

वक्ताहरूले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा गैर–सरकारी संस्था, नागरिक समाज र राजनीतिक नेतृत्वबीच सहकार्य बढेमा सामाजिक न्याय, समान पहुँच र जनताको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।

कार्यक्रमबाट लाभान्वित बिरामीहरूले उपचारपछि प्राप्त सहयोगले आफूहरूलाई थप आत्मबल मिलेको भन्दै आयोजक संस्थाप्रति आभार व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।