पर्सा क्षेत्र नं. २ मा नेपाल जनता पार्टीको घरदैलो अभियान, ‘हर–हर कमल, घर–घर कमल’ नारासहित जनसम्पर्क
पर्सा क्षेत्र नं. २ मा नेपाल जनता पार्टीको घरदैलो अभियान, ‘हर–हर कमल, घर–घर कमल’ नारासहित जनसम्पर्क

वीरगञ्ज १६ माघ
पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. २ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नं. १७ कोनीहा तथा पर्सागढी नगरपालिका वडा नं. ४ हरदाशपुरमा आज नेपाल जनता पार्टीद्वारा घरदैलो कार्यक्रम सम्पन्न गरिएको छ।
‘हर–हर कमल, घर–घर कमल’ नारासहित सञ्चालन गरिएको कार्यक्रममा स्थानीय युवा, महिला तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमका क्रममा उनीहरूलाई विशेष सम्मानसमेत प्रदान गरिएको नेपाल जनता पार्टीले जनाएको छ।
घरदैलो अभियानमा पार्टीले सनातन हिन्दू राष्ट्र नेपाल पुनःस्थापना, रामराज्यको अवधारणामा आधारित शासन प्रणाली, भ्रष्टाचारमुक्त समाज निर्माण, शिक्षा, स्वास्थ्य, सुशासन, विकास र सुरक्षा तथा रोजगारी सिर्जनामार्फत क्षेत्रको समृद्धि आफ्नो प्रमुख एजेण्डा रहेको बताएको छ।
स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै पार्टी नेताहरूले जनताको भावना बुझ्ने र जनचासोका विषयलाई नीतिगत रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाल जनता पार्टीले यस्ता जनसम्पर्क कार्यक्रमलाई आगामी दिनहरूमा पनि निरन्तरता दिने जनाएको छ।






