लकी इम्पेक्सको तेश्रो शाखा बारा सिमरामा

लकी इम्पेक्सको तेश्रो शाखा बारा सिमरामा

बारा ३० असोज

जीतपुर सिमरा बासीलाई अब बिरगंज समान किन्न जानु पर्ने बाध्यताको अन्त्य भएकोछ ।
लकी ईम्पेक्सले केही बर्ष पहिला देखिनै बिरगंजमा २ वटा शाखा संचालन गरेको छन् भने तेश्रो शाखाको रुपमा आज बाराको सिमरामा समेत इलेक्ट्रोनिक पसल संचालनमा आएको छ ।

लकी इम्पेक्स बाट ग्राहकहरुले किस्ताबन्दीमा पनि डाउन पेमेन्ट गरेर समान किन्न सक्ने व्यवस्था रहेको छ भन्ने ३० किलो सम्मको समान खरिद गर्दा नि:शुल्क होम डेलिभरी समेत व्यवस्था रहेको लकी इम्पेक्सका संचालक मोहम्मद इन्तफाले बताए ।

हिन्दुधर्मवालवीहरुको दोस्रो ठूलो पर्व शुभदिपावली तथा छठ पर्वको अवसर पारेर पसल उद्घाटन गरिएको छ ।लकी इम्पेक्सलको उद्घाटन पूर्व मन्त्री प्रभु साह र जीतपुर सिमरा नगर उधोग बाणिज्य संघका अध्यक्ष मोहन शर्माले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरेका हुन्। सो कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी संघका महासचिब तवरेज आलम राष्ट्रिय मुक्ति क्रान्ति नेपालका नेता नेजामुदिन समानी लगायतका सहभागिता रहेको थियो

पसल संचालक मोहम्मद इन्ताफको अनुसार तिहारको उपलक्ष्यमा विशेष छूट का साथ इलेक्ट्रोनिक सामानहरू बिक्री सुरु गरिएको छ । ५० लाख रुपैयाँ लगानीमा सञ्चालन मा ल्याएको पसलमा इलेक्ट्रनिक, विद्युतीय सामग्रीहरू फ्रिज, टीभी,वशिङमेंसिन, ग्रिजर, पंखा, एसी, टेबल पंखा, राइस कुकर लगायत, स्याम्सुङ, एल जी, हाईएर, जस्ता ब्रान्ड कम्पनीका सामानहरू आधिकारिक थोक विक्रेता समेत भई सोही ब्रान्ड कम्पनी का सामानहरू उपलब्ध रहेको संचालक मोहम्मद इन्ताफले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
error: यो समाग्री सुरक्षित छ ।