घरदैलो बाट मतदाता जोड्दै नेपाल जनता पार्टी, पर्सा क्षेत्र नं २ का उम्मेदवार पटेल

घरदैलो बाट मतदाता जोड्दै नेपाल जनता पार्टी, पर्सा क्षेत्र नं २ का उम्मेदवार पटेल

वीरगञ्ज २४ माघ

पर्सा जिल्ला क्षेत्र नं. २ अन्तर्गत पर्सागढी नगरपालिका वडा नं. ४ हर्दिया–हरदासपु तथा वडा नं. ६ चैनपुरमा आज नेपाल जनता पार्टीका उम्मेदवार संतोष पटेलले घरदैलो कार्यक्रम गर्दै मतदातासँग प्रत्यक्ष भेटघाट गरेको छ। घरदैलो अभियानमा स्थानीयसँग संवाद गर्दै पार्टीका योजना, एजेण्डा र आगामी कार्यक्रमबारे जानकारी गराइएको थियो।

त्यसैगरी पर्सागढी नगरपालिका वडा नं. १ मनवा बजार, वडा नं. २ बाग्वाना तथा वडा नं. ३ बड़नीहारमा आयोजना गरिने वृहत कार्यक्रमका विषयमा समेत छलफल गरिएको पार्टी स्रोतले जनाएको छ।

नेताकार्यकर्ताले जनसम्पर्क अभियानलाई थप सशक्त बनाउँदै विभिन्न नारासहित मतदातामाझ पुगेका थिए।
पार्टीले युवा, महिला र विद्यार्थीलाई उच्च सम्मान, आर्थिक विकास, धार्मिक पर्यटन प्रवर्द्धन, सनातन हिन्दू राष्ट्र नेपाल, रामराज्य स्थापना, भ्रष्टाचारमुक्त समाज निर्माण, शिक्षा–स्वास्थ्य सुधार, सुशासन, विकास र सुरक्षा, स्वाभिमान रक्षा, किसानलाई उच्च प्राथमिकता, खेलकुद क्षेत्रको प्रवर्द्धन तथा रोजगारी सिर्जनालाई आफ्नो प्रमुख एजेण्डा बनाएको जनाएको छ।

कार्यक्रममा सहभागी नेताहरूले आगामी निर्वाचनमा नेपाल जनता पार्टीको “कमल छाप”मा मतदान गरी साथ, सहयोग र आशीर्वाद दिन मतदातासँग अपिल गरेका छन्। स्थानीयवासीसँगको भेटघाटमा जनताको सुझाव र अपेक्षा समेत संकलन गरिएको आयोजकले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।