रहबर अन्सारीको पहलमा बारा–४ मा रास्वपामा विभिन्न दलका नेता–कार्यकर्ता घण्टीमा प्रवेशको लहर

रहबर अन्सारीको पहलमा बारा–४ मा रास्वपामा विभिन्न दलका नेता–कार्यकर्ता घण्टीमा प्रवेशको लहर

वीरगञ्ज २५ माघ

बारा जिल्लाको निर्वाचन क्षेत्र नं. ४ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रहबर अन्सारीको विशेष पहलमा आज आयोजित एक कार्यक्रमबीच विभिन्न राजनीतिक दल तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरू रास्वपामा प्रवेश गरेका छन्। कार्यक्रममा रास्वपाका सभापति रवि लामिछानेले नवप्रवेशीहरूलाई टिका लगाई स्वागत गर्दै पार्टीको सुशासन, पारदर्शिता र वैकल्पिक राजनीतिको अभियानलाई सशक्त बनाउने बताएका छन्।

विश्रामपुर गाउँपालिका तथा जितपुर–सिमरा क्षेत्रका नेपाली कांग्रेस, नेकपा एमाले, जसपा नेपाल, लोसपा लगायत विभिन्न दलमा आबद्ध नेता–कार्यकर्ता तथा व्यवसायीहरू रास्वपामा समाहित भएका हुन्। पार्टी प्रवेश गर्नेहरूमा नेपाली कांग्रेसका लखी राम साह, सेफ मेटल एण्ड कम्पनीका सञ्चालक जउवाद हुसेन, ताराचन साह, प्रमोद प्रजापति, रमेश घिमिरे, राजु कुमार तामाङ, युवा व्यवसायी अभिषेक बरतोला, गौरभ दल दुलाल, अखिल नेपाल पिछडा वर्ग (OBC) महासंघका केन्द्रीय उपमहासचिव तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य धनराज गुप्ता, जसपा नेपालका सन्तोष गुप्ता, सिमरा खानेपानीका पूर्व अध्यक्ष कासिम हुसेन, नगर उद्योग वाणिज्य संघका पूर्व महासचिव तथा लोसपा केन्द्र सदस्य शिवजी साह, प्रदेश सदस्य राजु राज गिरी, जितपुर–सिमरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष शिव पौडेल, लोसपा नेता रामबाबु साह, युवा व्यवसायी ब्रजेश साह, लोसपा नेता नौसाद आलम, राजेन्द्र गुप्ता, मुकेश गुप्ता, जयप्रकाश गुप्ता, अनिल गिरी, संजय प्रसाद गुप्ता, जितेन्द्र गुप्ता, श्याम गुप्ता लगायत रहेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले पुराना राजनीतिक शैलीबाट निराश भएका नागरिकलाई रास्वपाले नयाँ आशा दिएको उल्लेख गर्दै स्वच्छ राजनीति, सुशासन र जनउत्तरदायी नेतृत्व नै पार्टीको मूल एजेण्डा रहेको बताए। उनले विकास, रोजगारी सिर्जना, पारदर्शी प्रशासन र भ्रष्टाचारविरुद्ध कडा अभियानमार्फत जनताको विश्वास जित्ने प्रतिबद्धता व्यक्त गरे।

उम्मेदवार रहबर अन्सारीले बारा क्षेत्र नं। ४ मा वैकल्पिक राजनीतिको लहर देखिएको दाबी गर्दै स्थानीय विकास, युवाको रोजगारी, शिक्षा–स्वास्थ्य सुधार र समान अवसरको एजेण्डालाई केन्द्रमा राखेर अघि बढ्ने बताए। उनले विभिन्न दलबाट आएका नेता–कार्यकर्ताको सहभागिताले रास्वपा अझ सशक्त बनेको उल्लेख गर्दै आगामी निर्वाचनमा जनताले परिवर्तनको पक्षमा मतदान गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा सहभागी नवप्रवेशीहरूले पुराना दलप्रति निराशा व्यक्त गर्दै नयाँ सोच, पारदर्शी नेतृत्व र जनमुखी एजेण्डाका कारण रास्वपामा आबद्ध भएको बताएका थिए। कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।