जनताको घरदैलोमा पुगेर धन्यवाद दिँदै नवनिर्वाचित सांसद सुशील कानु

जनताको घरदैलोमा पुगेर धन्यवाद दिँदै नवनिर्वाचित सांसद सुशील कानु

वीरगञ्ज २४ फागुन

पर्सा निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशील कुमार कानुले मतदाताको घरदैलोमै पुगेर धन्यवाद दिन सुरु गरेका छन्।

निर्वाचनमा विजयी भएपछि कानुले आइतबारदेखि क्षेत्रका विभिन्न बस्ती तथा टोलमा पुगेर मतदातासँग भेटघाट गर्दै आभार व्यक्त गरेका हुन्। घरदैलो कार्यक्रममा स्थानीय बासिन्दासँग भेट गर्दै उनले आफूलाई विश्वास गरी मतदान गर्ने सम्पूर्ण मतदाताप्रति कृतज्ञता व्यक्त गरे।

कानुले जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता जनाउँदै क्षेत्रको विकास, सुशासन र जनताको समस्या समाधानलाई प्राथमिकतामा राखेर काम गर्ने बताए। उनले भने, “जनताले दिएको मत केवल जितको लागि होइन, जिम्मेवारीका लागि हो। म जनताको विश्वासलाई कहिल्यै कमजोर हुन दिने छैन।”

घरदैलो कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरूको समेत उल्लेख्य सहभागिता रहेको थियो। स्थानीयहरूले नवनिर्वाचित सांसदलाई बधाई दिँदै क्षेत्रको विकासका लागि सक्रिय भूमिका खेल्न आग्रह गरेका थिए।

निर्वाचनमा कानुले आफ्ना निकटतम प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले पराजित गर्दै पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा विजय हासिल गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
error: यो समाग्री सुरक्षित छ ।