माइतीघरमा चुरे संरक्षण अभियानकर्मीको कडा प्रर्दशन

माइतीघरमा चुरे संरक्षण अभियानकर्मीको कडा प्रर्दशन

काठमाडौं २६ चैत

राजधानीको माइतीघर मण्डला मा बिहीबार चुरे तथा वन जंगल संरक्षणको माग गर्दै प्रदर्शन गरिएको छ। चुरे तथा वन जङ्गल संरक्षण अभियान नेपाल का अभियानकर्मीहरूले सरकारप्रति आक्रोश व्यक्त गर्दै “जनताको लागि सिंहदरबार को ढोका किन बन्द?” भन्ने प्रश्न उठाएका हुन्।
प्रदर्शनका क्रममा उनीहरूले वनजंगल संरक्षण, दलित तथा भूमिहीन सुकुम्वासीहरूको भूमि अधिकार सुनिश्चितता र प्राकृतिक स्रोतको अवैध दोहन रोक्न माग गरेका छन्। विशेषगरी चुरे क्षेत्रको विनाश रोक्न, सिर्सिया नदीमा बढ्दो प्रदूषण नियन्त्रण गर्न तथा ढुङ्गा, गिट्टी र बालुवाको अवैध उत्खनन तत्काल बन्द गर्नुपर्नेमा उनीहरूको जोड थियो।
अभियानकर्मीहरूले अवैध रूपमा सञ्चालन भइरहेका क्रसर उद्योगहरूलाई कानुनी दायरामा ल्याई बन्द गर्न सरकारसँग माग गरेका छन्। “राष्ट्रको समस्या कहिले देख्छौ सरकार?” जस्ता नारा लेखिएका प्लेकार्डसहित उनीहरू सडकमा उत्रिएका थिए।
अभियानका प्रतिनिधिहरूका अनुसार, वर्षौंदेखि दलित र सुकुम्वासीहरू भूमि अधिकारबाट वञ्चित हुँदै आएका छन् तर सरकार यसप्रति गम्भीर देखिएको छैन। प्राकृतिक सम्पदाको अन्धाधुन्ध दोहनले वातावरणीय संकट निम्त्याउँदै गएको भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराउन सिंहदरबार भित्र ज्ञापनपत्र बुझाउने प्रयाससमेत गरेका थिए।
प्रदर्शनका क्रममा सहभागीहरूले सडकमै बसेर आफ्ना मागहरू लेखिएका पत्रहरू सार्वजनिक गरेका थिए। चुरे संरक्षण अभियानले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
error: यो समाग्री सुरक्षित छ ।