नवीन वर्ष २०८३ को शुभकामना !
नवीन वर्ष २०८३ को शुभकामना !

अपि स्वर्णमयी लङ्का न मे लक्ष्मण रोचते ।
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ॥
नयाँ बर्ष नव पालुवा
Diplomacy प्रारम्भ ।
विना Alliance बांधिए
नव क्षितिज आरम्भ !!
Empowering infrastructure
Citizens सहकार्य ।
शुरु भयो Legislature को
Democratic पुरुषार्थ !!
उचित demos Tradition को
Welfare को काम ।
Solidarity का साथ
Privilege या आराम ?
Bycott अब नगरि
Implement अगाध ।
थप Solidarity साथमा
शासनको विश्वास ?
साम,दाम,दण्ड,भेद सबै
बर्ष नयाँ उपहार ।
धर्मअर्थ र काम मोक्ष
राखौं आचरण जोगार !!
सामवेद अनि अर्थववेद
यजुर्वेद आधार ।
ऋृग्वेदिक ऋचाहरु
मुलमन्त्र उपहार ।।
अण्डज-पिण्डज अनि जरायुज
स्वेदज अदभूत यन्त्र ।
उदभिज-भुमिजा रत्न हुन
पंचवरण महामन्त्र ।।
सत्ययुग,त्रेता-द्वापर
कलियुग काल मतंग ।
सदाचार अब शुन्यसरि
नगद नारायण संग ।।
आश्रम ब्रम्हचर्यको
गर गृहस्थी अन्त्य ।
वानप्रस्थ -सन्यास लिई
मुलुक गरौं स्वच्छन्द !!
*मंगलमय शुभकामना अर्पण !*
डा.विजय दत्त
रचना दत्त तथा सम्पुर्ण परिवार।






