रावण-हनुमान संवाद पर उपदेश कुशल बहुतेरे…… नेपालाई सन्देश के ? 

नेपालाई सन्देश के ?

माता सीताको खोजमा लङ्का पुगेका महाबली हनुमानले अशोक वाटिका उजाडे र रावणपुत्र अक्षय कुमारको वध गरे । त्यसपछि,मेघनादले उनलाई ब्रह्मपाशमा बाँधेर रावणको सभामा उपस्थित गराए । भव्य दरबारमा अहंकारले भरिएका रावण र शान्त तर दृढ हनुमानलाई रावणले सोधे –

रावण– (क्रोध र विस्मयका साथ) “रे बाँदर! मेरो सुरक्षित मानिने अशोक वाटिका किन उजाड गरिस्? के तँलाई आफ्नो मृत्युको डर छैन? किन मेरा सैनिक र पुत्रको हत्या गरिस्?”

 

हनुमान – (अत्यन्तै शान्त भावले) “हे लङ्केश! मलाई भोक लागेको थियो, त्यसैले प्रकृतिले दिएको फल खाएँ। तपाईँका सैनिकहरूले मलाई रोक्न बल प्रयोग गरे, मैले केवल आत्मरक्षा गरेँ। जहाँसम्म तपाईँको पुत्रको कुरा छ, अधर्मको मार्गमा हिँडेकोले मैले हत्या गरे ।

रावण -“मूर्ख! के तँलाई थाहा छैन लङ्कामा चोरी र अराजकताको सजाय मृत्युदण्ड हो? अर्काको बगैँचामा बिना अनुमति छिर्नु र फल खानु चोरी र अपराध होइन र?”

हनुमान: (मुस्कुराउँदै) “महाराज! कस्तो विडम्बना? एउटा भोको वानरले रूखको फल खानु तपाईँको नजरमा ‘अपराध’ भयो?

तर जसले स्वयं जगज्जननी माता सीतालाई चोरी गरेर ल्याएको छ, के ऊ अपराधी होइन ? जुन देशको राजा नै ‘परस्त्री हरण’ र महाचोर जस्तो महापापमा लिप्त छ, उसैले नैतिकता र न्यायको कुरा गर्नु सूर्यलाई दियो देखाउनु जस्तै होइन र ? जनता कस्तो होला त ? अरूलाई न्याय सिकाउनु अघि आफ्नै आचरणको ऐनामा हेर्दा हुन्छ कि ?

रावण: (निशब्द र क्रोधले स्तब्ध…)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।