भोजपुरी प्रतिष्ठानद्धारा भोजपुरी भाषा, साहित्य, संस्कृतिमा योग्गदान पुगाएका व्यक्तित्वहरु सम्मानित

भोजपुरी प्रतिष्ठानद्धारा भोजपुरी भाषा, साहित्य, संस्कृतिमा योग्गदान पुगाएका व्यक्तित्वहरु सम्मानित

वीरगंज ५ बैशाख

वीरगंज महानगरपालिकाद्वारा स्थापित भोजपुरी प्रतिष्ठानले भोजपुरी भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रम शनिबार भव्य रूपमा सम्पन्न भएको छ ।

वीरगंज स्थित रोयल पार्टी प्यालेसमा आयोजित सो कार्यक्रममा विभिन्न क्षेत्रका साधकहरूलाई सम्मानित गरिएको हो ।

प्रतिष्ठानका सल्लाहकार गोपाल अश्कको संयोजकत्वमा गठित तीन सदस्यीय छनोट समितिले गहन छलफलपछि वर्ष २०८२ का लागि विभिन्न विधामा योगदान पु¥याएका व्यक्तित्वहरूको चयन गरेको थियो । सोही अनुसार पं. दीपनारायण मिश्र अन्तर्राष्ट्रिय पुरस्कार भारत, झारखण्ड राँची निवासी साहित्यकार कनक किशोरलाई प्रदान गरिएको छ भने उमाशंकर द्विवेदी राष्ट्रिय पुरस्कार बारा, कलैया उपमहानगरपालिकाका साहित्यकार राम प्रसाद साहलाई प्रदान गरिएको छ ।

त्यसैगरी भोजपुरी राष्ट्रिय प्रतिभा पुरस्कारबाट डा. शशिभूषण बरनवाल, मोतीउर रहमान, विकम साह, प्रतिमा चौधरी, गणेश परियार तथा लालमुनी देवी सम्मानित भए भने रोशन कुमार कलवारलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिष्ठानकी अध्यक्ष अनिता साहको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि वीरगंज महानगरपालिका प्रमुख राजेशमान सिंह चौमुखमा दीप प्रज्वलन गर्दै भोजपुरी भाषा र संस्कृतिको संरक्षण आजको आवश्यकता भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले समुदायको पहिचान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले स्थानीय सरकार सदैव भाषा, कला र संस्कृतिको संरक्षणमा प्रतिबद्ध रहने स्पष्ट पार्दै प्रतिभाहरूको सम्मानले नयाँ पुस्तालाई समेत प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका थिए । सो कार्यक्रममा सांगीतिक प्रस्तुति तथा नृत्यले विशेष आकर्षण थपेको थियो ।

स्वागत मन्तव्य संस्थाका सल्लाहकार प्रमोद पाण्डेले राखेका थिए भने कार्यक्रमको सञ्चालन माधुरी महतोले गरेकी थिईन ।

सो अवसरमा मधेस विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्य, संस्थाका सल्लाहकार गोपाल अश्क, दिनेश गुप्ता लगायतको उल्लेखनिय सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।