जैतापुरका असई रासिन्द्र यादवको असुली आतंक

वीरगंज ९ बैशाख । बारा जिल्लाको उत्तरी भेगमा पर्ने प्रहरी चौकी जैतापुरका ईन्चार्ज प्रहरी सहायक निरीक्षक रासिन्द्र यादवको बानी व्यवहोरा र असुली कार्यले स्थानिय सर्वसाधारण आतंकित बन्न पुगेको समाचार प्राप्त हुन आएको छ ।

प्रहरी चौकी जैतापुर क्षेत्रमा हुने काठ तस्करी देखि अवैध कार्यहरुबाट मासिक लाखौं रुपैया असई यादवलाई आम्दानी हुने गरेको समाचार स्रोतले जनाएको छ । बाराको पिलुवा–बडहर्वा जंगलबाट अवैध रुपमा जंगल कटान गरी प्रत्येक दिन दर्जनौं साईकल मार्फत काठ तस्करी हुदै आएको बताईन्छ ।

सो काठ तस्करी वापत असई यादवले अवैध ढुवानी गरिरहेका प्रत्येक साईकलबाट मोटो रकम असुली गरि राखेको आरोप लाग्दै आएको छ । जिल्ला प्रहरी कार्यालय बारामा करिब ४० हजार टेण्डर बुझाएर जैतापुरको ईन्चार्ज सम्हालेका असई यादवले काठ तस्करी सँगै सो क्षेत्रमा सञ्चालित अवैध क्रसर उद्योग तथा घरेलु मदिरा उत्पादन गर्ने भठ्ठीवाला सँग पनि राम्रै नजराना बुझ्ने गरेको समाचार स्रोतको कथन रहेको छ ।

सो क्षेत्रमा खुल्लेयाम अवैध घरेलु मदिरा उत्पादन र विक्री वितरण हुने गरेकोले दिनहुँ बेलुका र रातीको समयमा मदिरा खाएर झै–झगडा हुने गरेको घटना सो क्षेत्रका स्थानियहरुको लागि सामान्य झै बनेको छ ।

यति मात्र होईन, ईन्चार्ज यादवले गाउँघरमा हुने सामान्य झगडामा पनि छलफलको नाममा चिया, नास्ता खर्च लिने गरेको स्थानिय एक युवाले नाम नछाप्ने शर्तमा यस अनलाईनलाई बताए । प्रहरी चौकीमा छलफलको लागि आउने व्यक्तिहरु सँग अभद्र व्यवहार गर्ने, मुख छाडने उनको बानी नै रहेको ती युवाले गुनासो गरे ।

प्रहरीको काम शान्ति सुरक्षा दिने तथा अवैध गतिविधि रोक्ने भए पनि असई यादवले प्रहरी संगठनको निति नियमलाई लत्याउदै संगठनलाई बदानम गराई रहँदा समेत प्रहरीको माथिल्लो निकायको ध्यान नपुग्नुले स्थानियवासी आश्चर्यमा परेका छन् ।

यस सन्दर्भमा असई यादव सँग मोबाईल फोन गरि प्रतिक्रिया लिन खोज्दा उनले “I dont know हामीलाई थाहा छैन त्यो बारेमा, त्यस्तो भएको पनि छैन, डिकिलियर काम गर्ने मान्छे हो” भनि प्रतिक्रिया दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।