वडा प्रहरी श्रीपुरका क्षेत्री, दास र पाण्डे असुलीमा व्यस्त, प्रहरी प्रमुख मौन !

अजय चौरसिया /
वीरगंज २ जेठ । वडा प्रहरी कार्यालय श्रीपुरका क्युआरटी टोलीका ईन्चार्ज प्रहरी सहायक हवलदार दिपेश क्षेत्री र प्रहरी जवानद्वय सुरज दास र सितेश पाण्डेका कारण सार्वसाधारणहरु पिडित र तस्करहरु मालामाल बन्न पुगेको गुनासो बढन थालेको छ ।
प्रहरी प्रशासनको काम शान्ति सुरक्षा, अमन चयन कायम गर्ने भए ता पनि वडा प्रहरी कार्यालय श्रीपुरको क्युआरटी टोलीमा रहेका क्षेत्री, दास र पाण्डेले प्रहरी संगठनको निति निर्देशनलाई धोती लगाउदै एनिहाउ पैसा कमाउ अभियानमा लागेको समाचार स्रोतले जनाएको छ । पर्सा प्रहरीले क्युआरटी टोली राख्नुको उदेश्य अलग भए पनि यी क्षेत्री, दास र पाण्डेले अघोषित रुपमा घुमुवाको रुपमा कार्य गर्दै अवैध कारोबारीहरुबाट रकम असुली तस्करीको ग्रिन सिग्नल दिनमै व्यस्त रहेको ती स्रोतको दाबी रहेको छ ।
प्रहरी प्रधान कार्यालय काठमाडौं र मधेश प्रदेश प्रहरी कार्यालयले सयौं घुमुवाहरुलाई हटाई डियुटी गराईरहेको दाबी गर्दै आए पनि वडा प्रहरी कार्यालय श्रीपुरमा नाम क्युआरटी भए पनि काम भने घुमुवाकै गरि राखेको प्रहरी स्रोतको भनाई रहेको छ ।
प्रहरी सहायक हवलदार क्षेत्री र जवानद्वय दास र पाण्डेले श्रीपुर मातहतमा पर्ने सिर्सिया, ड्राईपोर्ट, अलौं, कोनिया लगायतका नाकाहरुबाट महिनवारी लिई तस्करीको लाईन दिएको समाचार स्रोतले जनाएको छ ।
सहायक हवलदार क्षेत्रीले प्रहरी अधिकृतहरुलाई प्रभावमा पारी बिगत करिब ६ महिना देखि वडा प्रहरी श्रीपुरमा बसी मासिक लाखौं लाख असुली गरिरहेको जनाईएको छ । वडा प्रहरी श्रीपुरको नाकाबाट हाल कपडा, हार्डवेयर, काजु, चिनी, कस्टमेटिक, कवाडी, व्याट्री, रक्सी, किराना सामग्रीहरुको खुल्लेयाम रुपमा तस्करी गर्ने तस्करहरु सँग प्रहरी हवलदार क्षेत्री र उनका सहयोगीहरु दास र पाण्डेले राम्रो सम्बन्धन बनाई तस्करी कार्यलाई बढावा दिईरहेको स्थानियहरुले गुनासो गरेका छन् ।
सो मध्ये अलौं नाकाबाट पशुपतिको काजु, दिलिप ग्रुपको कपडा, किराना, भिखारीको हार्डवेयर, बिनय र बिजयको कबाड, लगायत दर्जनौं तस्करहरुलाई सहायक हवलदार क्षेत्रीले मासिक रुपमा लाखौं लाख असुली ग्रिन सिगनल दिएपछि धमाधम तस्करी भईरहेको समाचार स्रोतले जनाएको छ ।
सहायक हवलदार क्षेत्री र जवान दास बिगतमा जिल्ला प्रहरी कार्यालय बारामा क्राईम शाखामा काम गर्दा उनीहरुको भुमिका भने घुमुवाकै रुपमा रहेको बताईएको छ । सहायक हवलदार क्षेत्री केही वर्ष पहिला वीरगंजको होटल डाईमण्डमा एक जना वडाध्यक्षलाई कुटपिट गरेको घटनामा संलग्न रहेको भनि निलम्बनमा समेत परिसकेका पात्रलाई क्युआरटीको जिम्मेवारी दिनु न्यायसंगत नभएको प्रहरी स्रोतको भनाई रहेको छ । जवान पाण्डे भने बिगत करिब डेढ वर्ष देखि वडा प्रहरी कार्यालय श्रीपुरमै घुमुवाको रुपमा काम गर्दै अनुभव बटुलीसकेका व्यक्ति रहेको बताईन्छ ।
सहायक हवलदार क्षेत्री एक जना पावरफुल भनिने बरिष्ठ सईको छत्रछाया रहेकोले उनीलाई घुमुवाको प्रमुखको जिम्मेवारी दिईएको प्रहरी स्रोतले भनाई रहेको छ ।
बितेको बुधबार नेपाल प्रहरीका प्रमुख महानिरीक्षक दान बहादुर कार्की पर्सा जिल्लामा आउँदा सिमानाकाहरुबाट हुने अवैध कारोबारलाई पूर्ण रुपमा बन्द गर्न निर्देशन दिए पनि हालसम्म सो नाकाहरुबाट खुल्लेयाम रुपमा तस्करी भईरहेको स्थानिय प्रत्यक्षदर्शीहरुले यस अनलाईनलाई बताएका छन् ।
यतिमात्र कहाँ हो र, वडा प्रहरी श्रीपुर र प्रहरी चौकी सिर्सियाको मातहतमा पर्ने एकीकृत सुरक्षा जाँच चौकी (आईसिपि) अगाडि रहेको स–साना खाजा पसलहरुमा खुल्लेयाम रुपमा बेश्यावृति भईरहेको भनि स्थानियहरुले लामो समय देखि गुनासो गर्दै आएपनि सो कार्य हालसम्म पनि निर्वाध रुपमा सञ्चालन भईरहेकोले यसमा वडा प्रहरी कार्यालय श्रीपुरका ईन्चार्ज प्रहरी निरीक्षक नबिन थापा मगर र प्रहरी चौकी श्रीसियाका प्रमुखले आर्थिक लाभ लिईरहेको प्रमाणित हुन्छ भनि एक जना स्थानियले यस अनलाईन सँग बताए । सो खाजा पसलेहरुले भारतीय गाडीका चालक तथा सहचालकहरुलाई खाजा खुवाउने बहानामा वेश्यावृतिमा संलग्न गराई लुटनसम्म लुटीरहेको जनाईएको छ ।
बिगतको समयमा स्थानियहरुले वडा प्रहरी कार्यालय श्रीपुरमा लिखित रुपमै उजुरी दिएका थिए । उजुरी, बिरोध प्रदर्शन लगायतका उपायहरु अपनाउदा समेत हालसम्म वेश्यावृति नरुकेको सो स्थानियको भनाई रहेको छ । वडा प्रहरी कार्यालय श्रीपुरका ई घुमुवाहरुले वेश्यावृति हुने पसलहरुबाट निःशुल्क रुपमा खाजा, नास्ता गर्ने देखि महिनवारी समेत बुझ्ने गरेको स्थानियहरुले आरोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।