बिजयनगर ७ गणेशपुर विद्यालयमा मन्दिर निर्माणमा सहयोग गर्ने २ सय ६२ दातालाई सम्मान र शिला लेख अनावरण

बिजयनगर ७ गणेशपुर विद्यालयमा मन्दिर निर्माणमा सहयोग गर्ने २ सय ६२ दातालाई सम्मान र शिला लेख अनावरण

धर्मेन्द्र कुमार कुर्मी  / कपिलवस्तु ८ असार
कपिलवस्तुको विजयनगर गाउँपालिका-७ गणेशपुर स्थित श्री लौटन राम द्रोपदी देवी माध्यमिक विद्यालयले सरस्वती माताको मन्दिर निर्माण तथा प्राण प्रतिष्ठा कार्यक्रममा सहयोग पुर्‍याउने चन्दादाताहरूलाई सम्मान गरेको छ ।

सोमबार आयोजित विशेष कार्यक्रममा २ सय ६२ जना चन्दादातालाई दोसल्ला र सम्मान-पत्र प्रदान गर्दै सम्मान गरिएको विद्यालयले जनाएको छ । साथै चन्दादाताहरूको नामावली समेटिएको शिला लेखको समेत अनावरण गरिएको थियो । चन्दादाताको नामावली अंकित शिला लेखको अनावरण प्रतिनिधिसभा सदस्य अभिषेक प्रताप शाहले गरेका हुन् ।

कार्यक्रमलाई सम्बाेधन सांसद अभिषेक प्रताप शाहले शिक्षा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा समुदायको योगदान महत्वपूर्ण रहेको बताउँदै विद्यालयमा निर्माण गरिएको सरस्वती माताको मन्दिरले विद्यार्थीहरूमा नैतिक, साँस्कृतिक र धार्मिक चेतना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि आवश्यक सहयोग गर्न आफू सधैँ प्रतिबद्ध रहने समेत बताए ।

यस्तै विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले विद्यालय तथा मन्दिर निर्माणमा समुदायको एकताले सकारात्मक सन्देश दिएको बताए । उनले सामाजिक अग्रसरता देखाउँदै सबै लाग्नुपर्ने बताए । उनले सकारात्मक साेँचका साथ अगाडी बढेमा हरेक काममा सफलता प्राप्त हुने अध्यक्ष थापले जिकिर गरे ।

यसैगरी ७ का वडा अध्यक्ष तथा पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिनेश कुमार चौधरीले स्थानीयवासीको सहयोगले धार्मिक तथा शैक्षिक गतिविधि थप सुदृढ बनेको उल्लेख गरे । यसकाे विद्यालयकाे व्यवस्थापन समितिकाे अध्यक्ष रहँदा भाैतिक, शैक्षिक र गुणस्तरीयता लगायतकाे विषयमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्दै आएकाे बताउँदै आगामी दिनमा पनि सहयोग गर्दै जाने प्रतिबद्धता जनाए ।

यस्तै विद्यालयका प्रधानाध्यापक श्याम प्रकाश चौधरीले मन्दिर निर्माण तथा प्राण प्रतिष्ठा कार्यक्रम सफल बनाउन विभिन्न क्षेत्रबाट प्राप्त सहयोगको उच्च मूल्याङ्कन गर्दै चन्दादाताहरूको योगदानलाई चिरस्थायी बनाउन शिला लेखमा नामावली समावेश गरिएको बताए । उनले विद्यालयको धार्मिक तथा साँस्कृतिक गतिविधिमा समुदायको साथ र सहयोग निरन्तर आवश्यक रहने उल्लेख गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव यादवले विद्यालयको उन्नति र धार्मिक आस्थाको संरक्षणका लागि सहयोग गर्ने सम्पूर्ण चन्दादाताप्रति आभार व्यक्त गर्दै विद्यालयकाे चाैतर्फी विकासका लागि सम्बन्धित निकायसँग तथा सराेकारवालासँग सहकार्य गर्दै अगाडी बढ्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।