ईप्रका छपकैयाका बरिष्ठ सई राणाको संरक्षणमा घुमुवा शिवनारायणको असुली आतंक

अजय चौरसिया /
वीरगंज ११ असार । जिल्ला प्रहरी कार्यालय पर्सा मातहत रहेको ईलाका प्रहरी कार्यालय छपकैयामा कार्यरत प्रहरी जवान शिवनारायण चौधरीले अवैध रुपमा भन्सार छली गर्ने तस्कर समुहबाट रकम असुलेर तस्करहरुका लागि सहज वातावरण बनाईरहेको स्रोतको दावी छ ।
विगत करिब दुई महिना देखि ईलाका प्रहरी कार्यालय छपकैयामा कार्यरत प्रहरी जवान शिवनारायण चौधरी त्याहाँ अघोषित रुपमा घुमुवाको रुपमा कार्यरत रहेका छन ।
छपकैया सिमाबाट अवैध ओसार पसार गर्ने समुहहरुबाट रकम असुली गर्नका लागि ईलाका प्रहरी कार्यालय छपकैयाका वरिष्ठ सई नेत्र राणाले आफ्ना दुतको रुपमा शिवनारायणलाई खटाई अवैध असुली गराई रहेको प्रहरी स्रोतको भनाई रहेको छ ।
शान्ति सुरक्षाको निम्ति खटिने नेपाल प्रहरीका केही कर्मचारीहरु चोरी तस्करीलाई बढावा दिन थालेपछि चोरी तस्करी जस्ता आपराधिक गतिविधि बढनु स्वाभाविक भएको स्थानियहरुले बताएका छन् । आर्थिक प्रलोभनमा परि ईलाका प्रहरी कार्यालय छपकैयाका घुमुवा चौधरीले चोरी तस्करी नियन्त्रण गर्नुको साटो तस्कर समूहका मुख्य नाईकेहरु संग मेलमिलाप गरेपछि तस्करी बढेको समाचार स्रोतले जनाएको छ ।
सो नाकाहरुबाट सर्वसाधारणले आफ्नो घरायसी प्रयोगजनका लागि ल्याउने सामग्रीहरुलाई रोकी चेकजाँच गर्ने बहानामा दुःख दिईरहेको भए पनि तस्करहरु सँग महिनवारी लिई निर्वाध रुपमा तस्करी गर्न छुट दिएको स्थानियहरुले आरोप लगाएका छन् । सो क्षेत्रमा काम गर्ने दर्जनौ तस्करहरु संग मासिक ५ हजार देखि ५० हजारसम्म असुली घुमुवा चौधरीले तस्करीको लाईन सुचारु गराएको एक व्यपारीले नाम नछाप्ने शर्तमा यस अनलाईनलाई बताए ।
सो नाका भएर भारतबाट हार्डवेयर, कस्मेटिक, लत्ता कपडा, काजु, रेडबुल, किराना लगायतका सामग्रीहरु निर्वाध रुपमा नेपाल आईरहेको समाचार स्रोतले जनाएको छ ।
ती स्रोतका अनुसार तस्करी वापत घुमुवा चौधरीले ईलाका प्रहरी कार्यालय छपकैयाका प्रमुख सई राणालाई राम्रै रकम बुझाउने गरेको बताईन्छ ।
प्रहरी प्रधान कार्यालय र मधेश प्रदेश प्रहरी कार्यालयले बेला–बेलामा मधेश प्रदेशका विभिन्न प्रहरी कार्यालयहरुमा घुमुवाको रुपमा काम गर्ने प्रहरीहरुलाई कारवाही स्वरुप ताने पनि ईलाका प्रहरी कार्यालय छपकैयाका घुमुवा चौधरीले खुल्लेयाम रुपमा तस्करीको लाईन दिएर असुली धन्दा चलाए पनि उनी माथि हालसम्म प्रहरी संगठनको माथिल्लो निकायको ध्यान नजानुले विभिन्न किसिमका शंका उपशंका उब्जिन थालेको स्थानियहरुको भनाई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।