मौलापुर नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत साहद्वारा कार्यभार ग्रहण

मौलापुर नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत साहद्वारा कार्यभार ग्रहण

प्रेमचन्द्र झा /रौतहट १९ असोज 

मौलापुर नगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा उपसचिव प्रदीप साहले सोमबारदेखि कार्यभार सम्हालेका छन्।
नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा नगर प्रमुख रिना कुमारी साह, उपप्रमुख, वडा अध्यक्षहरू, जनप्रतिनिधि तथा कर्मचारीहरूले नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत साहलाई स्वागत तथा बधाई दिएका छन्।

कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूले साहलाई सफल कार्यकालको शुभकामना दिँदै नगरपालिकाको प्रशासनिक कामकारबाही, सेवा प्रवाह तथा विकास निर्माणका गतिविधिलाई थप प्रभावकारी बनाउन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

नगर प्रमुख रिना कुमारी साहले नयाँ प्रमुख प्रशासकीय अधिकृत साहको प्रशासनिक अनुभवबाट मौलापुर नगरपालिकाको सुशासन, प्रभावकारी सेवा प्रवाह र समग्र विकासमा थप योगदान पुग्ने विश्वास व्यक्त गरिन्।

नगर प्रमुख साहले जनप्रतिनिधि र कर्मचारीबीचको समन्वयलाई प्रभावकारी बनाउँदै नगरवासीलाई छिटो, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउन प्रशासनिक नेतृत्वको महत्वपूर्ण भूमिका रहने बताइन्।

नयाँ प्रमुख प्रशासकीय अधिकृत साहले कार्यभार सम्हालेसँगै नगरपालिकाको प्रशासनिक व्यवस्थापन, सेवा प्रवाह तथा विकास योजनाको कार्यान्वयनमा उहाँको भूमिका महत्वपूर्ण रहने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।