छठ पर्वको अवसरमा बन्जरहाका ५० दलित महिलालाई साडी वितरण

छठ पर्वको अवसरमा बन्जरहाका ५० दलित महिलालाई साडी वितरण

प्रेमचन्द्र झा/कार्तिक २८ रौतहट

नेपाल–भारत मैत्री संघका अध्यक्ष गृष नन्दन कुमार सिंहले छठी मइया पूजाको पावन अवसरमा रौतहटको ईशनाथ नगरपालिका–१ बन्जरहामा दलित समुदायका ५० महिलालाई साडी वितरण गरेका छन्।

हरेक वर्ष छठ पर्वको अवसरमा सामाजिक सेवाअन्तर्गत साडी वितरण गर्दै आएका अध्यक्ष सिंहले यस वर्ष पनि एक कार्यक्रम आयोजना गरी दलित समुदायका ५० महिलालाई साडी वितरण गरेका हुन्।कार्यक्रममा अध्यक्ष सिंहले छठ पर्व सामाजिक सद्भाव, आपसी एकता, सहयोग र सहकार्यको प्रतीक भएकाले समाजका विपन्न तथा आर्थिक रूपमा कमजोर समुदायलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको बताए।

उनले धार्मिक तथा सांस्कृतिक पर्वलाई सामाजिक सेवासँग जोड्दै असहाय, विपन्न र पिछडिएका समुदायको जीवनमा खुसी बाँड्ने उद्देश्यले आफूले हरेक वर्ष यस्तो कार्यक्रम गर्दै आएको उल्लेख गरे।

साडी प्राप्त गरेपछि स्थानीय महिलाहरूले खुसी व्यक्त गर्दै सहयोगका लागि आयोजकप्रति आभार प्रकट गरेका थिए।

छठ पर्वको अवसरमा आयोजित यस किसिमको सहयोगात्मक कार्यक्रमले स्थानीयस्तरमा सामाजिक सद्भाव, मानवीय सहयोग र आपसी भाइचाराको भावना अभिवृद्धि गर्न सकारात्मक योगदान पुर्‍याएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।