विश्रामपुर गाउँपालिका अध्यक्षका आकांक्षी रामजी पण्डित राष्ट्रिय एकता दलमा प्रवेश

विश्रामपुर गाउँपालिका अध्यक्षका आकांक्षी रामजी पण्डित राष्ट्रिय एकता दलमा प्रवेश

बारा १ मंसिर

बारा जिल्लाको विश्रामपुर गाउँपालिकाका युवा नेता तथा समाजसेवी रामजी पण्डित (प्रजापति) राष्ट्रिय एकता दलमा प्रवेश गरेका छन्।

आगामी स्थानीय तह निर्वाचनमा विश्रामपुर गाउँपालिकाको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरिसकेका पण्डितले आज आयोजित एक विशेष कार्यक्रमबीच राष्ट्रिय एकता दलको सदस्यता ग्रहण गरेका हुन्।

राष्ट्रिय एकता दलका बारा जिल्ला अध्यक्ष अकलेश कुशवाहा, वरिष्ठ नेता रविन्द्र यादव तथा वीरगञ्ज महानगर संयोजक वन्दना शर्मालगायतका नेताहरूको उपस्थितिमा पण्डितलाई पार्टीमा स्वागत गरिएको थियो। कार्यक्रममा नेताहरूले उनलाई पार्टीको सदस्यता प्रदान गर्दै औपचारिक रूपमा दलमा प्रवेश गराएका थिए।

यसअघि गाउँपालिका अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका पण्डितको राष्ट्रिय एकता दलमा प्रवेशलाई विश्रामपुरको स्थानीय राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।

समाजसेवामा सक्रिय रहँदै आएका पण्डितले दल प्रवेशसँगै आफ्नो राजनीतिक यात्रालाई थप संस्थागत रूपमा अगाडि बढाउने बताएका छन्। उनको पार्टी प्रवेशले आगामी स्थानीय तह निर्वाचनमा विश्रामपुर गाउँपालिकाको राजनीतिक समीकरणमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा स्थानीयस्तरमा चर्चा सुरु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।