पाकिस्तानका नयाँ प्रधानमन्त्री शहबाज शरीफः ५ विवाह, श्रीमतीका लागि बनाइयो फ्लाईओभर

एजेन्सी । पाकिस्तान मुस्लिम लिग (नवाज) का नेता तथा पूर्व प्रधानमन्त्री नवाज सरिफका भाइ शाहबाज सरिफ पाकिस्तानको २३औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । उनलाई पाकिस्तानको तल्लो सदन नेशनल एसेम्बलीका १७४ सदस्यले मतदान गरेका थिए भने शाह महमूद कुरैशीले एक मत पनि पाएनन् ।
शाहबाज शरीफ पाकिस्तानको संयुक्त विपक्षी दलले प्रधानमन्त्री पदका लागि संयुक्त उम्मेदवार थिए । सोमबार विश्वासको मतमा मतदान भएको थियो, जसमा उनले बहुमतका लागि चाहिने १७२ मत भन्दा २ मत बढी पाएका थिए । यिनै प्रधानमन्त्रीले ५ विवाह गरेका छन् र उनी दुई श्रीमतीसँग बस्छन् ।
शाहबाज सरिफ पनि विवाहको मामिलामा इमरानमाथि भारी छन्, जसले आफ्नी श्रीमतीका लागि फ्लाईओभर बनाएका छन् । इमरान खानले ३ विवाह गरेका कारण शाहबाज सरिफ उनीभन्दा २ कदम अगाडि छन् । शाहबाज शरीफ पाकिस्तानमा पाँच विवाहका लागि चर्चित छन् ।
शाहबाज शरीफलाई पाकिस्तानी पञ्जाबमा कडा प्रशासकको रूपमा चिनिन्छ, जसलाई उनका विरोधीहरूले माइकको शत्रु भनेर जिस्काउँछन् । शाहबाज शरीफको यो स्टाइल पाकिस्तानमा मात्रै होइन, उनको व्यक्तिगत जीवन पनि वर्षौंदेखि पाकिस्तानमा चर्चाको विषय बनेको छ ।






