कोरोना कारण नेपालको होटल तथा पर्यटन क्षेत्र तहसनहस,चिनियाँ लगानीकर्ता यही क्षेत्रमा बढी आकर्षित

कोरोना महामारीका कारण अहिले नेपालको होटल तथा पर्यटन क्षेत्र सबैभन्दा बढी तहसनहस बनेको छ। तर, चिनियाँ लगानीकर्ता यही क्षेत्रमा बढी आकर्षित भएका छन्। नेपालमा सम्भावना न्यून रहेको भनिएको क्षेत्रमा साना परियोजनामार्फत् चिनियाँ लगानी बढ्नु नै शंकास्पद छ। यसतर्फ समयमै नेपाल सचेत हुनुपर्छ। कोरोनापछि नेपालमा सबैभन्दा अप्ठ्यारो अवस्थामा पुगेको पर्यटन क्षेत्रमा चीनको आकर्षण बिना कारण किन बढ्यो ? सिधै शंका पैदा हुन्छ, वैदेशिक लगानीका क्षेत्रमा अध्यन गर्नेको बुझाई छ।
पर्यटन व्यवसायी पछिल्लो समय नेपालमा भारतीयको तुलनामा चिनियाँ पर्यटकको संख्या बढिरहेको स्वीकार गर्छन्। उनीहरुका अनुसार अहिले नेपालमा चिनियाँ पर्यटकको हिस्सा १५ प्रतिशत भन्दामाथि छ। उनीहरुलाई लक्षित गरेर चिनियाँ व्यवसायीले काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, चितवन लगायतका पर्यटकीय हवमा करिब ४ सय भन्दा बढी होटल तथा रेष्टुरेन्टमा लगानी गरेका छन्। पोखरामा मात्रै ५० वटा भन्दा धेरै रेस्टुरेन्ट र अन्य व्यवसायमा चिनियाँ व्यापारीको लगानी छ। तर, त्यसको तथ्याङ्क पोखरा महानगरसँग छैन। चिनियाँ नागरिक पर्यटक भिषामा व्यक्तिगत व्यवसाय मात्र गरिरहेका छैनन्। वी च्याट अलि पेमार्फत् गर्ने कारोबार सबै अपारदर्शी छ।
पर्यटकका रुपमा अथवा लगानीकर्ताका रुपमा नेपाल पसेका चिनियाँ नागरिकले काठमाडौं उपत्यकाबाहेक चितवन तथा लुम्बिनीमा पर्यटन विभागबाट अनुमति नलिई लज तथा व्यक्तिगत घर, अपार्टमेन्ट र फ्ल्याटमासमेत लगानी गरेर विदेशी पर्यटक राख्न थालेका छन्।
नेपालमा चिनियाँ पर्यटकको हिस्सा १५ प्रतिशत भन्दामाथि छ। उनीहरुलाई लक्षित गरेर चिनियाँ व्यवसायीले काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, चितवन लगायतका पर्यटकीय हवमा करिब ४ सय भन्दा बढी होटल तथा रेष्टुरेन्टमा लगानी गरेका छन्।
कुनै पनि निकायमा दर्ता नभएका र कर सम्बन्धी कुनै दायित्व नलिएका चिनियाँ कम्पनीले नेपालमा होटल बुकिङ सम्बन्धी सेवा प्रदान गर्नुका साथै पर्यटकलाई घर, अपार्टमेन्ट र फ्ल्याटमा राखेर सेवा दिने गरेका छन्। जसबाट सरकारले कर उठाउन सकिरहेको छैन। होटल एसोसिएसन अफ नेपाल (हान) का अनुसार नेपालमा व्यवसाय गर्ने तर, सरकारलाई कर नतिर्ने र मनलाग्दी रुम बुकिङ गराएर अनलाइन प्रणालीमार्फत् भुक्तानी गर्ने चिनियाँ प्रवृत्तिले पर्यटन उद्योग थप समस्यामा परेको छ। होटल व्यवसाय अस्वस्थ प्रतिस्पर्धाको शिकार भएको छ। तर, पर्यटन ऐन अनुसार होटल÷लज जस्ता अतिथि आवासगृहले विदेशी पर्यटकलाई राख्न र विदेशी मुद्रामा कारोबार गर्नका लागि पर्यटन विभागबाट अनुमति लिनुपर्छ।






