पाकिस्तानमा मानवीय संकटको खतरा :डब्लूएचओ

पाकिस्तानमा निरन्तर जलवायु परिवर्तन र बाढीले गर्दा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले मानवीय संकट उत्पन्न हुन सक्ने चेतावनी दिएको छ।

एक दशकयताकै ठूलो बाढीले सयौँ घर बगाएको छ भने सडक खण्ड भत्किएका छन्। त्यस्तै बाढीले लाखौँ हेक्टर भूभागमा लगाएको बालीनाली नष्ट भएको छ।

अधिकांश भूभाग जलमग्न छ। बाढीले ठूलो महासागर बनेको छ। बाढीले अकल्पनीय संकट ल्याएको छ। जुनदेखि सुरु भएको वर्षा सिजनमा अहिलेसम्म १२ सय जना बढीको मृत्यु भएको छ भने दर्जनौँ बेपत्ता छन्।

बाढीले ३ करोड ३० लाख पाकिस्तानी प्रभावित भएका छन्। देशको उत्तरी स्वात उपत्यकामा बाढीले पुल, सडक बगाउँदा दर्जनौँ गाउँसँगको सम्पर्क टुटेको छ। पहाडी क्षेत्रमा बसोबास गर्ने मानिसलाई त्यहाँबाट सुरक्षित क्षेत्रतर्फ जान भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।