नेता चौरसियाको अलौंमा घरदैलो कार्यक्रम सम्पन्न 

बीरगंज, कार्तिक ५ गते

वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार पर्सा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार अजय कुमार चौरसिया, प्रदेश सभा सदस्य उम्मेदवार रमेश प्रसाद कुर्मी द्वय नेताले आज बीरगंज महानगरपालिकाको वडा नं. १७ अलौँमा घरदैलो कार्यक्रम गरेका छन् ।

वाम लोकतान्त्रिक गठबन्धनका घर घर जाऔ, काँग्रेस लोसपा गठबन्धन जिताऔ, गठबन्धन के उम्मेदवार तथा संविधानको पहरेदार भन्ने मुल नाराका साथ बीरगंजको अलौंमा नेता चौरसिया र कुर्मीको घरदैलो कार्यक्रममा जन लहर देखिएको छ ।

पर्सा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार अजय कुमार चौरसिया र प्रदेश सभा सदस्य क्षेत्र नं. २ (ख) बाट उम्मेदवारी दिएका रमेश प्रसाद कुर्मीले मतदाताहरुको घर घरमा पुगि गठबन्धनलाई जिताउन आग्रह समेत गरेका छन् ।

मतदाताको चाहना र भरोसा पुरा गर्न नै आफु राजनितिमा लागेको र आउने दिनमा शिक्षा, स्वास्थ्य तथा कृषिमा सुधार ल्याउने प्रयासरत रहने कुरामा जोड दिएका नेता चौरसियाले आम जनतालाई भरोसा दिलाए ।

यस क्षेत्रमा रहेका अधुरो विकास निर्माणका कार्य तथा कृषिजन्य, शिक्षा, स्वास्थय, सडक तथा यातायात सम्बन्धि विकासका लागि हामी पहिलो प्राथमिकता दिने प्रतिबद्धता समेत जनाए । द्धय नेताले मतदाताहरुलाई कुनै किसिमको आर्थिक प्रलोभनमा नपरि स्वच्छ तथा शिक्षित सहित असल नेताहरुलाई नै जिताउन आग्रह समेत गरे ।

उक्त कार्यक्रममा पुर्व मन्त्री ओमप्रकाश शर्मा, महाधिवेशन प्रतिनिधि रामरुप कुर्मी, प्रदेश सभा सदस्य समानुपातिक उम्मेदवार राकेश सिंह, प्रदेश सभा महिला नेतृ रम्भा मिश्रा, क्षेत्रिय सह सचिव रंजित पटेल, नेपाली काँग्रेसका स्थानीय नेता ओम कृष्ण लामिछाने, शिवम लामिछाने, संजय गुप्ता, हरिनारायण यादव, शैलेन्द्र उपाध्याय, लोसपा वडा अध्यक्ष प्रत्याशी कृष्ण देव प्रसाद यादव, नेता कन्वर अन्सारी, नन्दलाल यादव, हरिन्द्र यादव लगायत पार्टीका नेता, कार्यक्रर्ता तथा शुभचिन्तकहरुको उल्लेखनीय सहभागिता रहेको क्षेत्रीय सभापति महम्मद सहाबुदिनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।