नेपाल को लागि नेपाली पार्टी द्वारा बीरगंजमा पार्टी प्रवेश र मोटरसाइकल रैली सम्पन

बीरगंज १४ सावन

नेपालका लागी नेपाली पार्टी जिल्ला समिति पर्साले गोपाल मण्डली बीरगंजमा बृहत पार्टी प्रवेश कार्यक्रम र बीरगंजमा मोटर साईकल रैली सम्पन गरेको छ। पर्सा जिल्ला अध्यक्ष इंजीनियर अनिल प्रसाद कुर्मीको सभापतित्वमा भएको कार्यक्रम पार्टिका सर्वोच्च नेता सुशील चन्द्र अधिकारीको प्रमुख आतिथ्यमा सम्पन भएको थियो।

कार्यक्रम लाई सम्बोधन गर्दै अधिकारीले भने विदेशीको गुलामी बाट मुक्ति दिलाऊं पार्टी खड़ा भएको हो र पार्टीको बटम लाइन हिन्दू अधिराज्य नेपाल हो। कार्यक्रमका विशिष्ठ अतिथि पार्टि केन्द्रीय अध्यक्ष संतोषा नन्द महाराजले भने मुलुकमा हिन्दू अधिराज्यको माहोल बंदै गई रहेको छ। तपाई हामी आ-आफनो क्षेत्र बाट नेतृत्व दायी भूमिका निर्वाह गर्ने बेला आएको छ।

पृथ्वीनारायण साह र हिन्दू अधिराज्यको विरोध गर्ने पार्टी वा समूह सबै राष्ट्रघाती हुन। महाराजले भने गौ हत्या, लबजिहाद, धर्म परिवर्तन, धर्म गुरु माथी आक्रमण, सनातन धर्मका आस्था माथि कु विचार, राष्ट्रघाती समझौता, विदेशी हस्तक्षेप बढ़नू राम्रो संकेत होईन।

सम्पूर्ण नेपाली लाई एक सूत्रमा बाधने संजीवनी हो हिन्दू अधिराज्य। पार्टी प्रवेश कार्यक्रममा पार्टिका केन्द्रीय महामंत्री दीपक महाराज आत्रेय, कोषाध्यक्ष विष्णु भक्ति दास, केन्द्रीय सदस्यहरु बिनोद कुर्मी, महेश्वर बाबा, राजदेवी जैसवाल, पिया सिंह, मधेस प्रदेश उपाध्यक्ष मुना गुप्ता, सह सचिव रामप्रसाद कुर्मी, कोषाध्यक्ष पारस दुबेदी, प्रदेश सद्स्य बिभा साह, राष्ट्रीय सरोकार मंच नारायणी अंचल संयोजक नंदकिशोर गोयल, हिन्दू वादी अगुवा तुलसी पौडेल, बैकुंठ सिलवाल,

प्रह्लाद साह,जयलाल कुर्मी, संतोष पटेल, पार्टिका पर्सा जिल्ला उपाध्यक्ष संतोष सिंह र पवन गुप्ता, सचिव नवीन मिश्रा, सह सचिव आनन्द सिंह, कोषाध्यक्ष प्रणय सिन्हा, बीरगंज नगर अध्यक्ष धीरज गुप्ता, उपाध्यक्ष धीरज साह लगाएतकाले शुभकामना मंतव्य बयक्त गरेका थीए। साथै नेपालका लागी नेपाली पार्टी जिल्ला समिति पर्साको अगुवाईमा बीरगंजमा मोटर साईकल रैली समेत भएको थीयो र हनुमान मन्दिर अगाड़ी प्रहरी हस्तक्षेप समेत भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
error: यो समाग्री सुरक्षित छ ।