भारतले दियो नेपालसहितका ७ देशमा १० लाख टन गैरबासमती चामल निर्यात गर्न अनुमति

काठमाडौं– भारत सरकारले नेपाल, क्यामरुन, कोटे डि आइभोर, गिनी, मलेसिया, फिलिपिन्स र सेशेल्समा १० लाख टनभन्दा बढी गैर बासमती चामल निर्यात गर्न अनुमति दिएको छ।

वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गत पर्ने वैदेशिक व्यापार महानिर्देशनालयले राष्ट्रिय सहकारी निकासी लिमिटेडमार्फत् निकासी गर्न अनुमति दिएको हो। गैर बासमती सेतो चामलको निर्यात नेपाल, क्यामरुन, कोटे डि आइभोर, गिनी, मलेसिया, फिलिपिन्स र सेशेल्समामा मात्रै निर्यात हुनेछ।

नेपालका लागि ९५ हजार टन, क्यामरुनका लागि १ लाख ९० हजार टन, मलेसियाका लागि १ लाख ७० हजार टन, फिलिपिन्सका लागि २ लाख ९५ हजार टन, कोट डी आइभोर र गिनीका लागि १ लाख ४२ हजार टन, सेलेसलाई ८ सय टन पठाइएको छ।

भारत सरकारले जुलाईमा घरेलु आपूर्ति बढाउन गैरबासमती सेतो चामलको निर्यातमा प्रतिबन्ध लगाएको थियो। तर खाद्य सुरक्षा आवश्यकता पूरा गर्न सरकारले केही देशहरुलाई दिएको अनुमतिका आधारमा निर्यात गर्न दिइन्छ।नेपाललाईभ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।