चीनको कोइला कम्पनीको भवनमा भीषण आगलागी, कम्तीमा २५ जनाको मृत्यु

वेइजिंग, एजेन्सी । चीनमा रहेका कोइला कम्पनीको भवनमा भीषण आगलागि भएको छ, आगलागिमा परेर कम्तीमा २५ जनाको मृत्यु भएको दृष्य सार्वजनिक भएका छन् ।
चीनको उत्तरी शान्क्सी प्रान्तको एक कोइला कम्पनीमा आगलागी हुँदा कम्तीमा २५ जनाको मृत्यु भएका हुन् ।
भवन योङ्जु कोल कम्पनीको हो । कम्प्लेक्सबाट बाक्लो धुवाँ निस्कँदा भवनको सम्पूर्ण दोस्रो तलालाई आगो निभाएको सामाजिक सञ्जालमा देखिएको दुर्घटनाका दृश्यहरूले देखाएको छ । घटनास्थलबाट कम्तीमा ६३ जनालाई सुरक्षित बाहिर निकालिएको छ ।
श्रोतः रोयटर्स





