फतुवा विजयपुर नगरपालिकामा हाजिर भए प्रमुख प्रशासकीय अधिकृत प्रधान 

फतुवा विजयपुर नगरपालिकामा हाजिर भए प्रमुख प्रशासकीय अधिकृत प्रधान 

भोला यादव

मंसिर ६ रौतहट

फतुवा विजयपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा सुरेन्द्र प्रधान कार्यालयमा हाजिर हुन भएकाे छ।

रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकाकी कार्यवाहक मेयर अम्बिया खातुन सहित वडा अध्यक्षहरु र कार्यालयका कर्मचारीहरुको उपस्थितमा बुधबार प्रधान लाई कार्यालयमा हाजिर गर्नु भएको छ।

कार्यालयमा कार्यवाहक नगर प्रमुख खातुनले प्रधान लाई फुलमाला र टीका लगाएर स्वागत गर्नु भएका थिए। कार्यालयमा हाजिर भएपछि प्रधान ले सव साधारण ले पाउने सेवा र सुविधा लाई पारदर्शी किसिमले सहज साथ प्रदान गरिने बताउनुभयो ।

नियम अनुसार महसुस हुने गरी सव साधारण नागरिकलाई सेवा दिन कार्यालय प्रमुख प्रधान ले कर्मचारी लाई निदेशान पनि दिनु भएको छ ।

यस नगरपालिकामा कर्माचारी को बिषय लिएर धेरै दिन देखि विवाद हुँदा कामकाज अबरुद्ध रहेको थियो। सो नगरपालिका लाई नमुना बनाउने काममा आफ्नो सहयोग रहने उहाँले जनप्रतिनिधि लाई नियम र कानुन ले दिएका सम्मको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रधान ले बिभिन्न पालिका तथा कार्यालय प्रमुख को रुपमा  कार्यभार सम्हाले सकेको अनुभव छ । यस अघि फतुवा विजयपुर नगरपालिका मा भएको कमीकमजोरी लाई सुधार गर्दै अगाडि बढ्ने आग्रह समेत गर्नुभएको छ। अधिकृत प्रधान ले नगरपालिका मा हाजिर भए सग पालिका को आर्थिक लगायत का कामकाज अघि बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो।

नगरपालिका को खाता संचालन भए लगत्तै रोकिएको बसेको बाँकी भुक्तानीको काम हुने वहाँले जनाएको छ। सो कार्यक्रममा वडा अध्यक्ष सहित शिक्षक, राजनीतिक, स्थानीय, पत्रकार लगायत को सम्पुर्ण कर्मचारी हरु उपस्थित थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।