शून्य कर नीति लागु गर्नुपर्ने माग गर्दै आजपाले ब्रह्मपुरी गाउँपालिकामा बुझायो ज्ञापन पत्र

सर्लाही । आम जनता पार्टी (आजपा) का उपाध्यक्ष रिता साहले जनताको पिरमार्कामा राज्यको बिभिन्न निकाय र तहहरुद्धारा सहयोग गर्नुको साट्टा आजको दिनमा कर आतंक खडा गरिएको बताएकी छन् ।
सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा गाउँपालिकाका प्रमुखलाई बुधवार बिभिन्न माग गर्दै ज्ञापनपत्र बुझाउँदै उनले यस्तो बताएकी छन् । देशमा आर्थिक मन्दीका कारण आम जनताको जनजिवन कष्टकर बन्दै गईरहेको र आर्थिक संकटबाट बह्मपुरी गाउँपालिका समेत प्रभावित भएको उनले बताईन् ।
‘जनताको आम्दानीमा कर लिने तर उत्पादन नोक्सान हुँदा वा घाटामा पर्दा हेर्न समेत नआउँने उल्टै समयमा कर नतिर्दा सजायको भागिदार बनाउँने जस्ता जनविरोधी कार्य खुलेआम भईरहेको छ’ उपाध्यक्ष साहले भनिन्, ‘यो ब्रह्मपुरी गाउँपालिकाले समेत जन्मिदा देखी मृत्युसम्म अर्थात जन्मदर्तादेखी मृत्युदर्तासम्म समेत कर लगाउँने, कर संकल्न गर्ने तर करको सदुपयोग नगर्ने, आन्तरिक राजस्वलाई समेत पारदर्शी नबनाउँने जस्ता कार्य गरिरहेको छ ।’
गाउँपालिकामा आर्थिक उत्पादनको श्रोत साधन सिमित रहेको, प्ररम्परागत खेतीप्रणालीमा आश्रित कृषि रहेको, व्यापार सुक्दै गएको, बेरोजगार गुणात्मक ढंगले बढिरहेको तथा मजदुरहरु बाध्यभएर कष्टकर बैदेशिक रोजगारबाट जिवनयापन गर्नुपर्ने अवस्था रहेको छ ।
यस्तो संकटपूर्ण अवस्थामा जनतामाथि अनावश्यक करको भार थुपार्ने र जनताको खुन पसिनाबाट निर्माण भएको सरकारी बजेटलाई केही मुठीभर निर्वाचित जनप्रतिनिधिहरु आफूखुशी भागबण्डा गरी चाटने कार्यले गाउँपालिकाको बिकास सम्भव नभएको साहको भनाई रहेको छ ।
यस्ता गलत कार्यहरु पुनःहुन नदिन र जनताका आधारभुत समस्या समाधान गर्न तथा ब्रह्मपुरी गाउँपालिका प्रति आम जनताको विश्वसनियता अभिबृद्ध गर्न ज्ञापन पत्रमार्फत आजपाले माग गरेको छ । ब्रह्मपुरी गाउँपालिकाको अध्यक्षको प्रत्यासी समेत रहेकी साहले आफूहरुको माग बेवास्ता गरिए चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी समेत दिएकी छन् ।
ब्रह्मपुरी गाउँपालिकाले शून्य कर नीति लागू गरोस अर्थात जनताबाट उठाउँने प्रत्येक कर माफ होस, गाउँपालिकामा बसोबास गर्ने सम्पूर्ण जनताको बिजुली र पानीको महशुल फ्रि गर्नुपर्ने, सिँचाईको व्यवस्था प्रत्येक वडामा अनिवार्य हुनुपर्ने, उपभोक्तालाई नेपाल बिधुत प्राधिकरणले गाउँपालिकाले समयमा पैसा नतिर्दा आम नागरिकको विधुतको समस्या समाधान गर्नुपर्ने, सेप्टी टयांकी सरसफाई निःशुल्क हुनुपर्ने, गाउँपालिकामा बसोबास गर्ने सम्पूर्ण गरिब दलितको आवासको र युवारुका लागि खेलकुदको व्यवस्था गर्नुपर्ने, गाउँपालिकामा हुने भ्रष्टाचार, अनियमितता तथा भागबण्डाको अन्त्य गर्नुपर्ने लगायतका माग आजपाले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
error: यो समाग्री सुरक्षित छ ।