सनलाईट स्कूलको १८ औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न

समाजले शिक्षक, शिक्षिकालाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक ः अध्यक्ष प्रधान

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १६ नगवामा रहेको सनलाईट इङ्गलिस सेकेन्ड्री स्कूल (एसईसि+टु म्यानेजमेन्ट)को १८ औं वार्षिकोत्सव शुक्रवार एक भव्य समारोहका बीच सम्पन्न भएको छ ।
स्कूल परिसरमा आयोजित सो कार्यक्रमको प्रमुख अतिथि प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधानले स्कूल परिसरमा रहेको माता सरस्वतीको मन्दिरमा दिप प्रज्वलन गरेर कार्यक्रमको उदघान गरेका थिए ।
उदघान समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रधानले समाजले शिक्षक, शिक्षिकालाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताए । शिक्षक, शिक्षिकाहरुको कारण विद्यार्थीहरु आज यो ठाउँसम्म आइपुग्नु भनेको धेरै ठूलो उपलब्धि रहेको चर्चा गर्दै हामी शिक्षक, शिक्षिकाहरुले अध्यापन गराएका विद्यार्थीहरु राम्रो ठाउँमा पुग्न सफल भएकोमा बधाई ज्ञापन गरेका थिए ।
स्कूलका सञ्चालक धनन्जय (डिके) चौरसियाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्याब्सनका केन्द्रिय सदस्य छेदुप लामा, मधेस प्रदेशका वरिष्ठ उपाध्यक्ष श्याम केसी, वरिष्ठ उपाध्यक्ष सरोज चौधरी, उपाध्यक्ष शिवजी गुप्ता, सचिव राहुल श्रीवास्तव, सल्लाहकार हरिश्याम ठाकुर, साउथजोन माविका अशोक संग्रौला, ठाकुराम बहुमुखि क्याम्पसका पुर्व क्याम्पस प्रमुख उमेश चौरसिया, वडा नम्बर १६ का वडा अध्यक्ष प्रशुराम चौरसिया, न्युवेभ माविका प्रिन्सिपल सुभाष प्रधान लगायतकाले आ–आफ्ना शुभकामना मनतव्य व्यक्त गरेका थिए ।सनलाईट स्कूलका कोर्डिनेटर राजन चौरसियाले सहजकीकरण गर्नु भएको सो कार्यक्रममा स्वागत मनतव्य स्कूलका प्रिन्सिपल एवं प्याब्सन वीरगंज महानगर अध्यक्ष आलोक चौरसियाले गरेका थिए ।
वार्षिकोत्सव समारोहमा वर्षभरी विभिन्न क्षेत्रमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई सम्मानित गरिएको थियो भने विद्यार्थीहरुले नृत्य, समाजिक कुरिति विरुद्ध नाटक तथा संस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । सो अवसरमा स्कूलका शिक्षक, शिक्षिका, सञ्चारकर्मी, अभिभावक, विद्यार्थी लगायतको उल्लेखनिय सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।