चीनमा विवाह र सन्तान जन्माउन महिलाको अनिच्छा: जनसंख्यात्मक संकट र आर्थिक मन्दीको कारण

चीनमा विवाह र सन्तान जन्माउन महिलाको अनिच्छा: जनसंख्यात्मक संकट र आर्थिक मन्दीको कारण

नेपाल-चीनको सम्बन्ध: इतिहास र वर्तमान सीमा विवादको वास्तविकता

नेपाल र चीनबीचको सम्बन्धलाई सदैव हामीले भरपर्दो मित्रताको रूपमा हेरिदै आएको छ। नेपाललाई विनास्वार्थ सहयोग गर्ने, हाम्रो अखण्डता तथा सार्वभौमिकताको सम्मान गर्दै आएको मित्र राष्ट्रको रूपमा चीनलाई हेर्ने गरिन्छ। तथापि, इतिहासमा नजर पुर्याउँदा चीनले नेपाललाई हेप्ने, सीमा अतिक्रमण गर्ने र नेपाली सुरक्षाकर्मीमाथि आक्रमण गर्ने जस्ता गतिविधि गर्दै आएको लामो फेहरिस्त पाइन्छ।

नेपाल-तिब्बत सम्बन्ध र चीनको हस्तक्षेप

सर्वविदित कुरा हो कि सन् १९४९ सम्म तिब्बत एक स्वतन्त्र देश थियो। त्यतिबेला नेपाल र तिब्बतबीच केही परिपूरक सम्बन्ध थिए। नेपालले तिब्बतलाई केही आवश्यक वस्तुहरूको आपूर्ति गर्दथ्यो भने तिब्बतबाट पनि नेपालले केही वस्तुहरू लिने गर्थ्यो। तिब्बती व्यापारीहरू नेपालमा निर्वाध रूपमा व्यापार गर्न आउँथे, र नेपाली व्यापारीहरू पनि तिब्बतमा व्यवसाय गर्थे।

नेपाल र तिब्बतबीच कहिलेकाहीं मनमुटाव पनि भएको देखिन्छ। इतिहासमा तीन पटक नेपाल-तिब्बत युद्ध भएको थियो। पहिलो युद्ध विक्रम संवत १८४५ मा भयो, जसमा तिब्बतले ठूलो हार व्यहोर्नुपर्‍यो र सम्पूर्ण युद्ध खर्च तिर्नुपर्ने भयो। त्यसपछि, व्यापारिक विवादकै कारण सन् १७८८ मा अर्को युद्ध भयो। यसपटक तिब्बतले चिनियाँ सहयोग लिएर नेपालमाथि आक्रमण गर्यो। चार वर्षसम्म चलेको यो युद्ध सन् १७९२ मा सम्झौतामा पुगेको थियो, जसअनुसार नेपाल र तिब्बतबीच कुनै समस्या उत्पन्न भएमा चीनले त्यसको छिनोफानो गर्ने निर्णय भयो।

नेपाल र तिब्बतबीचको व्यापारिक सम्बन्ध सदियौंदेखि कायम रहँदै आएको थियो। दुई देशबीच व्यापारिक मात्र नभई वैवाहिक सम्बन्ध पनि थियो, जसले नेपालको व्यापारलाई सम्पन्नता दिएको थियो। तर, सन् १९५० मा चीनले तिब्बत आक्रमण गरी कब्जा गर्यो, र तिब्बतको अस्तित्व समाप्त भयो। सो दिनदेखि हाम्रो उत्तरी छिमेकी देश तिब्बत होइन, चीन हुन पुग्यो।

चीनको सीमा अतिक्रमण र नेपाल-चीन सीमा विवाद

चीन हाम्रो छिमेकी भएदेखि नै चीनले नेपालतर्फको सिमामा निगरानी बढायो र नेपाल-तिब्बत व्यापारलाई नियन्त्रण गर्न थाल्यो। सन् १९५८ देखि चीनले नेपालको सीमा क्षेत्रमा “सलामी स्लाइसिङ्ग” रणनीति लिएर अघि बढ्न थाल्यो। यस रणनीतिअन्तर्गत अलिअलि मिच्दै ठूलो भागमा कब्जा जमाउने प्रयास गरिन्छ।

चीनले नेपालको भूभागमा अतिक्रमण सुरु गर्यो, जसका कारण निर्विवाद रहेको नेपालको उत्तरी सिमा विवादमा आउन थाल्यो। तत्कालीन शासकहरूले चीनले गरेका ती गतिविधि थाहा पाए पनि नजरअन्दाज गरे।

सन् १९४८ सम्म नेपाल-तिब्बतको वास्तविक सीमा कुन हो भन्ने बारे ठोस प्रमाण छैन। एक राजनैतिक पार्टीको आधारलाई प्रमाण मान्ने हो भने सन् १९४८ सम्म सिगात्से र मानसरोवर समेत नेपालले हकभोग गरेको थियो। तर, चीनको आगमनपछि सिमा निर्धारण चीनले आफ्नो विवेकअनुसार गर्न थाल्यो।

सन् १९६० मा चीनले आफ्नो तिब्बत समेत समेटेर नक्सा जारी गर्यो, जसमा सगरमाथा आफ्नो तर्फ पारेर नक्सा सार्वजनिक गर्यो। यसले नेपालसहित विश्वलाई नै चकित बनायो। तत्कालीन प्रधानमन्त्री वीपी कोइराला चीन भ्रमणमा गए। वार्तामा चीनले सगरमाथा मात्र नभई महालंगुर हिमशृंखला सबै आफ्नो भएको दाबी गर्यो।

वार्ताको क्रममा चीनले तीन वटा विभिन्न प्रमाण पेश गर्दै सगरमाथा आफ्नो भएको दाबी गर्यो र प्रमाणलाई मान्दै सम्झौतामा हस्ताक्षर गर्न दबाव बनायो। तत्कालीन अवस्थामा तयार गरिएको सम्झौतामा हस्ताक्षर गरेमा देशमा विवाद निम्तिन सक्ने देखेर नेपाली प्रतिनिधि मण्डल हस्ताक्षरका लागि तयार भएन।

वार्तामा चीनले अगाडि सारेका अन्य बुँदा मानी दिने हो भने सगरमाथा आधा-आधा बाँड्ने सर्तमा चीन सहमत भयो। यो वाहेक चीन टसमस नहुने देखेपछि वार्ताका लागि पुगेको नेपालका प्रतिनिधि मण्डलका प्रमुख वीपी कोइरालाले सगरमाथाको विवाद पछि सल्टाउने भन्दै मैत्री सन्धिमा हस्ताक्षर गरेर फर्किए।

सगरमाथाको सीमा विवाद माओवादी युद्धको समयमा पनि रह्यो। चिनियाँ सेनाले सगरमाथामा अतिक्रमण गर्ने प्रयास गरे। तर, नेपालले त्यसलाई निस्तेज गर्दै आफ्नो सीमा रक्षा गर्यो।

नेपाल-चीन सीमा सम्झौता र विवादको इतिहास

वि.सं. २०१८ सालमा नेपाल-चीन सीमा सम्झौता अनुसार चीनसँग नेपालको १,४३९.१८ किलोमिटर लामो सीमा सम्बन्ध छ। सीमा क्षेत्रमा विभिन्न ठाउमा आजसम्म विवाद भइरहेको धेरै उदाहरणहरू छन्।

नेपाल-चीनको सिमानामा पश्चिमको लिपुधुरा भञ्ज्याङ्गमा स्थापित सीमास्तम्भ नम्बर १ देखि पूर्वको टिप्ताला भञ्ज्याङ्गमा रहेको सीमास्तम्भ नम्बर ७९ सम्म नेपालका १५ वटा जिल्लाको सिमाना चीनसँग जोडिएको छ।

सीमा सम्बन्धी सम्झौता अनुसार सीमा रेखाको विभिन्न ७९ स्थानमा ९८ वटा स्थायी सीमा चिह्नहरू स्थापना गरिएका थिए। तीमध्ये सीमारेखामै स्थापना गरिएका सीमा चिह्नहरूको संख्या ५९ थियो भने नदी सिमाना परेको स्थानमा दायाँ-बायाँ १५ स्थानमा गरी ३० वटा सीमा चिह्न स्थापना गरिएका थिए।

विकट स्थानका कारण ३३ नम्बर, ३७ नम्बर र ३८ नम्बर गरी तीन स्थानमा सीमा स्तम्भ स्थापना हुन सकेका थिएनन्। प्रत्येक दश वर्षमा संयुक्त सीमा निरीक्षण गर्ने तय भए अनुसार दोस्रो नेपाल-चीन सीमा संयुक्त निरीक्षण समिति गठन भई सन् १९८९ (वि.सं. २०४५ साल) मा दोस्रो निरीक्षण सम्पन्न हुँदा ३३ नम्बर सीमा स्तम्भ निर्माण भएको देखिन्छ।

नेपाली पक्षको अनुपस्थिति बनाएर चिनियाँ पक्षले ३३ नम्बर पिल्लर निर्माण गर्यो। यस विषयमा नेपाली पक्षले मात्र किताबमा सीमित राख्यो। चीनले ठूलो भूभाग नखासे सम्म विवाद ल्याउन नचाहने नेपाली शैलीले गर्दा चीनले नेपालको भूमिमा पूर्वदेखि पश्चिमसम्म मनपरी गरेको धेरै उदाहरणहरू छन्।

वि.सं. २०१८ सालमा नेपाल-चीन सीमा सम्झौता अनुसार चीनसँग नेपालको १,४३९.१८ किलोमिटर लामो सीमा सम्बन्ध छ। सीमा क्षेत्रमा विभिन्न ठाउमा आजसम्म विवाद भइरहेको धेरै उदाहरणहरू छन्।

नेपाल–चीनको सिमानामा (चीन–भारत–नेपालको त्रिदेशीय विन्दुबाहेक) पश्चिमको लिपुधुरा भञ्ज्याङ्गमा स्थापित सीमास्तम्भ नम्बर १ देखि पूर्वको टिप्ताला भञ्ज्याङ्गमा रहेको सीमास्तम्भ नम्बर ७९ सम्म नेपालका १५ वटा जिल्लाको सिमाना चीनसँग जोडिएको छ।

सीमा सम्बन्धी सम्झौता अनुसार सीमा रेखाको विभिन्न ७९ स्थानमा ९८ वटा स्थायी सीमा चिह्नहरू स्थापना गरिएका थिए। तीमध्ये सीमारेखामै स्थापना गरिएका सीमा चिह्नहरूको संख्या ५९ थियो भने नदी सिमाना परेको स्थानमा दायाँ-बायाँ १५ स्थानमा गरी ३० वटा सीमा चिह्न स्थापना गरिएका थिए।

विकट स्थानका कारण ३३ नम्बर, ३७ नम्बर र ३८ नम्बर गरी तीन स्थानमा सीमा स्तम्भ स्थापना हुन सकेका थिएनन्। प्रत्येक दश वर्षमा संयुक्त सीमा निरीक्षण गर्ने तय भए अनुसार दोस्रो नेपाल-चीन सीमा संयुक्त निरीक्षण समिति गठन भई सन् १९८९ (वि.सं. २०४५ साल) मा दोस्रो निरीक्षण सम्पन्न हुँदा ३३ नम्बर सीमा स्तम्भ निर्माण भएको देखिन्छ।

नेपाली पक्षको अनुपस्थिति बनाएर चिनियाँ पक्षले ३३ नम्बर पिल्लर निर्माण गर्यो। यस विषयमा नेपाली पक्षले मात्र किताबमा सीमित राख्यो। चीनले ठूलो भूभाग नखासे सम्म विवाद ल्याउन नचाहने नेपाली शैलीले गर्दा चीनले नेपालको भूमिमा पूर्वदेखि पश्चिमसम्म मनपरी गरेको धेरै उदाहरणहरू छन्।

चिनियाँ हस्तक्षेप र नेपाली प्रतिरोध

सन् १९६० जुन महिनामा चीनका केही सशस्त्र चौकिहरू नेपाल प्रवेश गरेर नेपालका सीमा सुरक्षा बलमाथि आक्रमण गरे। एक जना नेपाली सुरक्षाकर्मीको मृत्यु भयो भने बाँकी डेढ दर्जन सुरक्षाकर्मीलाई उनीहरूले बन्धक बनाएर लगे। चीनले एकातर्फ सीमा आफुलाई अनुकुल निर्धारण गर्न दबाव दिने र अर्कोतर्फ सेना पठाएर आक्रमण गर्ने रणनीति लिएपछि नेपालले त्यसको कडा प्रतिवाद गर्यो। स्रोत: नेपाल आज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।