भारत यसैवर्ष तेस्रो ठूलो अर्थतन्त्र बन्छ : आईएमएफ उपनिर्देशक गोपिनाथ

भारत यसैवर्ष तेस्रो ठूलो अर्थतन्त्र बन्छ : आईएमएफ उपनिर्देशक गोपिनाथ

काठमाडौं– अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की उपनिर्देशक डा. गीता गोपिनाथले यसै वर्ष भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने आफ्नो अपेक्षा रहेको बताएकी छिन् ।

इण्डिया टुडेसँगको कुराकानीका क्रममा डा. गोपिनाथले यसैवर्ष भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने आफूले अपेक्षा गरेको बताएकी हुन् ।

उनले अघिल्लो आर्थिक वर्षमा भारतले अपेक्षाभन्दा निकै राम्रो वृद्धिदर हासिल गरेको उल्लेख गरिन् । भारतीय अर्थतन्त्रमा निजी उपभोगमा सुधार आइरहेको उनको भनाइ छ ।

अघिल्लो आर्थिक वर्षमा भारतको निजी उपभोगको वृद्धि ४ प्रतिशत आसपास रहेको र यस वर्ष ग्रामीण भेगको उपभोगमा सुधार देखिएको उनले बताइन् ।

मनसुनको समयमा राम्रो रहेको उल्लेख गर्दै डा. गोपिनाथले अन्न उब्जनीमा पनि राम्रो प्रगति हुने आफ्नो प्रक्षेपण रहेको बताइन् ।

आईएमएफले आफ्नो प्रतिवेदनमा आर्थिक वर्ष सन् २०२४–२५ मा भारतको अर्थतन्त्र ७ प्रतिशतले वृद्धि हुने जनाएको छ । भारत सरकारले भने यस वर्ष ६.५ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । स्रोत :  खबरहब

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।