शिक्षक दरबन्दीको हामी विरोधी होइनौं : अध्यक्ष जैसवाल भिडियो सहित

शिक्षक दरबन्दीको हामी विरोधी होइनौं : अध्यक्ष जैसवाल भिडियो सहित

वीरगंज१५ भदौ

वीरगंज महानगरपालिका शैक्षिक महाशाखाले सरकारी स्कूलका शिक्षकहरुको दरबन्दी मिलान गरेको छ ।

शिक्षक दरबन्दी मिलान विषयगत शिक्षक तथा शिक्षकको अभाव र विद्यार्थीहरुको संख्याको अनुपातले शिक्षकहरुलाई आवश्यकता अनुसार नै दरबन्दी मिलान गरिएको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ ।

विगतका दिनमा सामुदायिक विद्यालयहरुमा शिक्षकहरुले आ-आफनो सहुलतको हिसाबले छुट्टा छुट्टै सरुवा भएकोमा अहिले भने शैक्षिक महाशाखाले विद्यालयको विद्यार्थीको अनुपातले समावेशी आधारमा शिक्षक दरबन्दी मिलान गरेको हो ।

कुनै विद्यालयमा विषयगत शिक्षकको अभाव र कुनै विद्यालयमा विद्यार्थीको हिसाबले शिक्षक कम/बढी भएको हुनाले शिक्षकहरुलाई सोही अनुरुप विद्यार्थी अनुपात र विषयगत शिक्षकको आवश्यकताका आधारमा दरबन्दी मिलान गरिएको हो ।

सबैलाई सहज हुने तरिकाले दरबन्दी मिलान गरिएको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ ।

शिक्षक महासंघका नगर अध्यक्ष प्रदिप जयसवालले महानगरले गरेको दरबन्दी मिलानको विरोध गर्नुपर्ने कुनै कारण नरहेको भन्दै आफूहरुले स्वागत गरेको बताए ।

‘हामी दरबन्दी मिलानको विरोधी होईनौं, केही हसन्तुष्टि छन् तर हामी खटाएको ठाउँमा जान तयार छौं, विगतमा पनि गएकै हौं,’ उनले भने ।

महानगरले गरेको दरबन्दी मिलानको स्वागत गर्दै उनले यदी केही कमीकमजोरी रहे भने स्थानीय तहसँग बसेर समाधान गर्न पनि सबै शिक्षकवर्गमा अनुरोध गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।