सिमराबाट काठमाडौँ लग्दै गर्दा विमानमै महिलाको मृत्यु

सिमराबाट काठमाडौँ लग्दै गर्दा विमानमै महिलाको मृत्यु

वीरगन्ज ७ जेष्ठ

उपचारको उद्देश्यले सिमराबाट काठमाडौँ लग्दै गर्दा एक महिलाको विमानमै मृत्यु भएको छ।

रौतहटको फतुवा विजयपुर नगरपालिका–११ की ३९ वर्षीया राजुकुमारी चौधरीलाई उनका पति जङ्गबहादुर चौधरीले मंगलबार बाराको सिमरा विमानस्थलबाट बुद्ध एयरको विमानमार्फत काठमाडौँ ल्याउँदै थिए।

दिउँसो ४ बजे सिमराबाट उडेको विमानमा यात्रा गरिरहेकी चौधरी उडानकै क्रममा अचेत भएकी थिइन्। काठमाडौँ ओर्लिएपछि उनलाई तत्काल सिनामंगलस्थित केएमसी अस्पताल लगिएको थियो। तर अस्पताल पुर्‍याइएसँगै चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका हुन्।

जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार चौधरीको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पठाइएको छ। घटनाबारे थप अनुसन्धान प्रहरीले सुरु गरेको छ भने गौशाला प्रहरी वृत्तले यसबारे आवश्यक प्रक्रिया अगाडि बढाएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।