विश्व साइकल दिवसमा वीरगञ्जमा भव्य साइकल र्‍याली सम्पन्न

विश्व साइकल दिवसमा वीरगञ्जमा भव्य साइकल र्‍याली सम्पन्न

वीरगंज २० जेष्ठ

विश्व साइकल दिवसको अवसरमा महावाणिज्य दूतावास, बीरगंज द्वारा आज बीरगंज साइकलिङ्ग क्लब, बारा राइडर्स एसोसिएसन, जितपुर सिमरा-बारा, नेपाल इनोभेटिभ सोसाइटी, बीरगंज र ग्रीन सिटी सामुदायिक सेवा केन्द्र, आदर्शनगर बीरगंजको सहकार्यमा “स्वस्थ रहनुहोस् , साइकल चलाएर फिट रहनुहोस्” भन्ने मूल नाराका साथ भव्य साइकल र्‍यालीको आयोजना गरेको छ।

यस कार्यक्रमको उद्देश्य शारीरिक स्वास्थ्य, स्वच्छ वातावरण र दिगो यातायातको प्रवर्द्धन गर्नु रहेको थियो। साइकल र्‍यालीमा विभिन्न उमेर समूहका सहभागीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले उत्साहपूर्वक वीरगञ्जका प्रमुख सडकहरूमा साइकल यात्रा गरेका थिए।

कार्यक्रममा भारतीय महावाणिज्यदूत सहित स्थानीय निकायका जनप्रतिनिधि, सामाजिक अभियन्ता, विद्यार्थी र सर्वसाधारणको सक्रिय सहभागिता देखिएको थियो। र्‍याली पछि आयोजित छोटो कार्यक्रममार्फत साइकल प्रयोगको फाइदाबारे जानकारी दिइयो र स्वस्थ जीवनशैली अपनाउन सबैलाई प्रेरणा दिइयो।

वाणिज्य दूतावास परिसरबाट सुरु भएको ऱ्यालीमा लगभग ७५ जना सहभागी थिए। यो ऱ्याली घण्टाघर, माइस्थान, आर्दशनगर, बिर्तामाई, नारायणी अस्पताल, रजत जयन्ती चोक हुँदै प्रतिष्ठित शंकराचार्य गेट (भारत-नेपाल सीमा) पुगेको थियो। शंकराचार्य गेट पुगेपछि ऱ्याली सोही बाटो हुँदै वाणिज्य दूतावासमा फर्किएको थियो।

भारतीय महावाणिज्य दूतावासका अनुसार यस्ता गतिविधिहरूले दुई देशबीचको मित्रता बलियो बनाउने मात्र नभई स्वास्थ्यप्रति जनचेतना अभिवृद्धिमा समेत टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।