गणेश कुमार मण्डलको अध्यक्षतामा ‘सार्वभौम नागरिक पार्टी’ दर्ता, प्रमाणपत्र आज प्राप्त

गणेश कुमार मण्डलको अध्यक्षतामा ‘सार्वभौम नागरिक पार्टी’ दर्ता, प्रमाणपत्र आज प्राप्त

काठमाडौँ ८ मंसिर

गणेश कुमार मण्डलको अध्यक्षतामा ‘सार्वभौम नागरिक पार्टी’ नामक नयाँ राजनीतिक दल आज औपचारिक रूपमा दर्ता भएको छ। दल दर्ता सम्बन्धी सम्पूर्ण कानुनी प्रक्रिया पूरा गर्दै सम्बन्धित निकायबाट पार्टीले दर्ता प्रमाणपत्र प्राप्त गरेको छ।
पार्टीका अध्यक्ष गणेश कुमार मण्डलले दर्ता प्रमाणपत्र हात प्राप्त गरेपछि यो गठनले राष्ट्रिय राजनीति र नागरिक अधिकारको संरक्षणतर्फ नयाँ विकल्पको सुरुवात गर्ने विश्वास व्यक्त गरेका छन्।

उनका अनुसार दलले आगामी दिनमा नागरिक स्वतन्त्रता, सुशासन, पारदर्शिता र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर राजनीतिक गतिविधि अघि बढाउने तयारी गरेको छ। सार्बभौम नागरिक पार्टी गठन गरिएको मुख्य कारण देशलाई दलतन्त्रको विभाजन, भ्रष्टाचार, भागबण्डा र अस्थिरताबाट मुक्त गरेर नागरिकतन्त्र केन्द्रित शासन व्यवस्था स्थापना गर्न। दशकौँदेखि दलहरूले देश कब्जा गरे तर नागरिक केवल मतदाता बने—निर्णयकर्त्ता बन्न पाएनन्। यही अन्याय अन्त्य गरेर
सत्ता नागरिकमा फिर्ता ल्याउने
ऐतिहासिक अभियानका रूपमा यो पार्टी जन्मिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।