बहुदरमाई–२ मा कांग्रेस उम्मेदवार अजय कुमार चौरसियाको चुनावी भेटघाट, संगठन सुदृढीकरणमा जोड

बहुदरमाई–२ मा कांग्रेस उम्मेदवार अजय कुमार चौरसियाको चुनावी भेटघाट, संगठन सुदृढीकरणमा जोड

ॐपर्सा १८ माघ

नेपाली कांग्रेसका पर्सा क्षेत्र नं. २ का उम्मेदवार अजय कुमार चौरसियाले आज बहुदरमाई नगरपालिका वडा नं. २ पिपरा बहुदरस्थित माई मन्दिरको प्राङ्गणमा आयोजित कार्यक्रममा सहभागिता जनाएका छन्।

स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणसँगको प्रत्यक्ष भेटघाटका क्रममा चौरसियाले नेपाली कांग्रेसको नीति, सिद्धान्त र आगामी कार्यदिशाबारे धारणा राखेका थिए।

कार्यक्रममा वडा अध्यक्ष जितेन्द्र पटेल, बुथ सभापति मोतिरहमान, श्याम पटेल, रामरुप कुर्मी र सभुदिनलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थित नेताहरूले स्थानीय तहमा कांग्रेसको संगठन थप सुदृढ बनाउँदै जनताको भरोसा जित्ने विषयमा जोड दिएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार चौरसियाले लोकतन्त्र, समावेशी विकास, शिक्षा र स्वास्थ्यमा पहुँच, रोजगारी सिर्जना तथा सुशासन नेपाली कांग्रेसको प्राथमिक एजेन्डा रहेको उल्लेख गरे।

उनले जनताको समस्या संसद्मा सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गर्दै स्थानीय विकासका लागि सबैलाई एकजुट हुन आह्वान गरे।

स्थानीय नेताहरूले पनि बहुदरमाई नगरपालिकामा कांग्रेसप्रतिको जनसमर्थन बढ्दो क्रममा रहेको दाबी गर्दै आगामी निर्वाचनमा पार्टीलाई निर्णायक जित दिलाउने विश्वास व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।