युवाको चाहनाबाट चुनावी यात्रामा जावेद इकबाल हैदर, पर्सा–१ मा उत्साह बढ्दो

युवाको चाहनाबाट चुनावी यात्रामा जावेद इकबाल हैदर, पर्सा–१ मा उत्साह बढ्दो

वीरगंज १९ माघ

प्रतिनिधि सभा सदस्य पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर–१ बाट पिपुल फर्स्ट पार्टीको तर्फबाट युवा नेता जावेद इकबाल हैदर चुनावी प्रतिस्पर्धामा अगाडि पाइला टेकेका छन्। पहिलेदेखि नै युवा अभियन्ताका रूपमा परिचित जावेद युवामाझ व्यापक चर्चामा रहेका छन्।
नागरिक प्रथम अभियानबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका जावेद इकबाल हैदर यसपटक पर्सा जिल्लाबाट विभिन्न दलका दिग्गज नेताहरू सक्रिय रहँदै आएको राजनीतिक परिवेशमा फरक सोच, स्पष्ट विचार र जनमुखी एजेण्डाका साथ मैदानमा उत्रिएका हुन्। परम्परागत राजनीतिबाट दिक्क बनेका मतदाताहरू नयाँ अनुहारको खोजीमा देखिन थालेका बेला जावेद एक बलियो विकल्पका रूपमा उभिएका छन्।
पर्सा जिल्लामा दशकौँदेखि विभिन्न पार्टीका नाममा नेतृत्व गर्दै आएका नेताप्रति जनआकर्षण घट्दै गएको देखिन्छ। यही परिवेशमा युवा नेता जावेद इकबाल हैदरले नयाँ एजेण्डासहित युवामाझ भरोसा जगाएका छन्। उनको समर्थनमा युवादेखि गाउँका सर्वसाधारण, बुद्धिजीवी तथा समाजसेवीहरू सक्रिय रूपमा अघि बढिरहेका छन्।
जनताको एजेण्डालाई केन्द्रमा राखेर राजनीति गर्ने प्रतिबद्धता जनाउँदै जावेद इकबाल हैदरले जनचाहनाअनुसार नै अगाडि बढ्ने बताएका छन्।

एक अन्तर्वार्तामा उनले भने “नेपाल कसरी यस्तो देश बन्न सक्छ, जहाँ युवाहरूका सपना पूरा होऊन्?”
यही सवालको उत्तर खोज्ने क्रममा पर्सा जिल्ला क्षेत्र नम्बर–१ बाट चुनावमा जाने निर्णय युवाको चाहनाअनुसार गरिएको उनले स्पष्ट पारे।

पर्सा–१ मा युवाको नेतृत्वप्रतिको आकर्षण बढ्दै जाँदा जावेद इकबाल हैदरको राजनीतिक उपस्थितिले स्थानीय राजनीतिक समीकरणमा नयाँ तरंग ल्याएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
error: यो समाग्री सुरक्षित छ ।