बारामा ‘कानु एकता महाअभियान’को होली मिलन भव्य: सामाजिक सद्भाव र भाइचारामा जोड

बारामा ‘कानु एकता महाअभियान’को होली मिलन भव्य: सामाजिक सद्भाव र भाइचारामा जोड

बारा ९ फागुन

कानु एकता महाअभियान बाराको आयोजनामा होली मिलन समारोह भव्य रूपमा सम्पन्न भएको छ। कलैया–४ स्थित चिल्ड्रेन वर्ल्ड इङ्गलिश बोर्डिङ स्कुल (वडा कार्यालयको दक्षिणतर्फ)मा शनिबार जिल्ला अध्यक्ष उमेशचन्द्र गुप्ता कानुको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको हो।

हिन्दूहरूको महान पर्व फागु पूर्णिमा तथा होलीको अवसरमा अबिर–टिका लगाई शुभकामना आदानप्रदान गर्दै आपसी आत्मीयता र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले समारोह आयोजना गरिएको अध्यक्ष गुप्ताले जानकारी दिए।

होलीको मौलिकता जोगाउँदै सामाजिक सद्भाव कायम राख्न स्वजातीयहरू एकजुट भएको उनको भनाइ थियो। कार्यक्रमका विशिष्ट अतिथि तथा बारा क्षेत्र नं. ३ का जनमत पार्टीका प्रतिनिधिसभा उम्मेदवार प्रमोद गुप्ताले पछिल्लो समय होली पर्व खर्चिलो र भड्किलो बन्दै गएको उल्लेख गर्दै सभ्य र मर्यादित ढंगले पर्व मनाउन आग्रह गरे।

प्रमुख अतिथि तथा कानु एकता महाअभियानका संयोजक सुरेश साह कानुले व्यस्त जीवनशैलीका बीच यस्ता कार्यक्रमले भेटघाटको अवसर सिर्जना गर्नुका साथै सामाजिक मेलमिलाप र सम्बन्ध सुदृढ बनाउन सहयोग पुर्‍याउने बताए।
कार्यक्रमको सञ्चालन कानु पत्रकार संघ बारा सचिव तथा रेडियो बारा सञ्चालक रमेश साह कानुले गरेका थिए।

समारोहमा किशोरी साह कानु, राम असिस साह कानु, सरेश कुमार मोदक, काशिनाथ साह कानु, श्रीलाल साह कानु, डा. राजेश कुमार साह, हरिनारायण साह कानु, डा. केशव साह कानु, डा. रबि साह कानु, शिवशंकर साह कानु, विवेक कुमार गुप्ता, मदन प्रसाद साह, दिनानाथ साह कानु, भुलन साह कानु, रुपेश साह कानु, मोहन साह कानु, शम्भु गुप्ता, हरिहर साह कानु, सुजिता गुप्ता, शिवबालक साह कानु, भरत साह, श्यामबाबु गुप्ता, सोहन साह, पत्रकार अजय साह कानु, मानिकचन साहलगायत स्वजातीयहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
error: यो समाग्री सुरक्षित छ ।