निर्वाचित कांग्रेस सांसद गुरुङले शपथ लिन नपाउने

निर्वाचित कांग्रेस सांसद गुरुङले शपथ लिन नपाउने

काठमाडौँ  २२ फागुन

मनाङबाट नेपाली कांग्रेसका टेकबहादुर गुरुङ दुई हजार ४१५ मत ल्याउँदै विजयी भएका छन् । नेकपाकी यशोदा सुवेदीले ४४६ मत प्राप्त गरिन् । गुरुङ विजयी भएपनि उनले सांसदको शपथ लिन भने नपाउने भएका छन्।विशेष अदालतबाट भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को जग्गा भाडामा अनियमिततामा भ्रष्टाचारी ठहर भएकाले विजयी भएपनि शपथग्रहण गर्न पाउने छैनन् ।

विशेष अदालतले २०७९ फागुन १५ मा गुरुङलाई भ्रष्टाचारको मतियारमा दोषी ठहर गर्दै उनीबाट एक करोड २१ लाख रुपैयाँ असुल्नुपर्ने फैसला गरेको थियो । हाल गुरुङको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। संभार: रातोपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।