राष्ट्रिय परिचयपत्र बनाउन प्रारम्भिक विवरण दर्ता गर्न नपर्ने

राष्ट्रिय परिचयपत्र बनाउन प्रारम्भिक विवरण दर्ता गर्न नपर्ने

सारांश

  • गृह मन्त्रालयले राष्ट्रिय परिचयपत्र बनाउन प्रारम्भिक विवरण दर्ता गर्न नपर्ने व्यवस्था गरेको छ।
  • मन्त्री ओमप्रकाश अर्यालले ललितपुर प्रशासन कार्यालय पुगेर नयाँ व्यवस्थाको निरीक्षण गरे, जसले नागरिकमैत्री सेवा दिने लक्ष्य राखेको छ।
  • नयाँ व्यवस्थाले सेवाग्राहीलाई सहज बनाउने र सुशासन कायम गर्दै राज्यकोषमा बचत गर्ने मन्त्री अर्यालले बताए।

काठमाडौँ ८ चैत्र

गृह मन्त्रालयले राष्ट्रिय परिचयपत्र बनाउन प्रारम्भिक विवरण दर्ता गर्न नपर्ने व्यवस्था गरेको छ । केन्द्रीकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबिच सेवा अन्तर आबद्धता गर्दै आवेदन फारामसहित बायोमेट्रिक विवरणका लागि जानुपर्ने अवस्थाको अन्त्य गरिएको मन्त्रालयले जनाएको छ ।

आइतबार गृहमन्त्री ओमप्रकाश अर्यालले ललितपुर प्रशासन कार्यालय पुगेर नयाँ व्यवस्थाको निरीक्षण गरेका छन् । सो क्रममा मन्त्री अर्यालले समान प्रकृतिका विवरणहरूको लागि समेत फरक फरक निकायका फरक फरक फाराम भर्नुपर्ने अवस्थालाई क्रमशः अन्त्य गर्दै जाने बताए ।

राष्ट्रिय परिचय पत्रका लागि सेवाग्राहीहरूले विवरण दर्ताको आवेदन फाराम भर्न पर्ने अवस्थाको अन्त्य गर्दै सहज र नागरिकमैत्री सेवा उपलब्ध गराउने मुख्य उद्देश्य रहेको उनले बताए । मन्त्री अर्यालले सार्वजनिक सेवा अन्तर आबद्धता हुँदा सुशासन कायम गर्न मद्दत पुग्ने, राज्य कोषमा बचतका साथै दोहोरोपना नियन्त्रण भएको बताए ।

मन्त्री अर्यालले अहिले दैनिक ६ देखि ८ हजारको सङ्ख्यामा राष्ट्रिय परिचयपत्र बन्ने गरेकाले नयाँ व्यवस्थाबाट नागरिकलाई प्रत्यक्ष फाइदा हुने विश्वासव्यक्त गरे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।