कपिलवस्तुमा हिन्दू शहीद अरुण यादवको घरमै पुगेर श्रद्धाञ्जली अर्पण

कपिलवस्तुमा हिन्दू शहीद अरुण यादवको घरमै पुगेर श्रद्धाञ्जली अर्पण

कपिलवस्तु ५ बैशाख

राष्ट्रिय एकता दल का केन्द्रीय अध्यक्ष विनय यादवले कपिलवस्तुस्थित शहीद अरुण कुमार यादवको निवासमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन्।

कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–६, बरगदामा केही समयअघि भएको घटनामा घाइते भएका यादवको उपचारका क्रममा निधन भएपछि उनीप्रति सम्मान व्यक्त गर्न अध्यक्ष यादव स्वयं परिवारको घरमा पुगेका हुन्।

उनले दिवंगतप्रति पुष्प अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुका साथै शोकसन्तप्त परिवारजनसँग भेटगरी समवेदना प्रकट गरेका थिए।

यस अवसरमा अध्यक्ष यादवले मृतकलाई “हिन्दू शहीद” को रूपमा सम्मान गर्नुपर्ने धारणा राख्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरे। उनले पीडित परिवारलाई राज्यबाट उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन पनि सरकारसँग आग्रह गरे।

कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणको समेत उपस्थिति रहेको थियो। सहभागीहरूले शहीद यादवको आत्माको चिरशान्तिको कामना गर्दै परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।