पर्सामा अवैध काठसहित ट्याक्टर र एक व्यक्ति पक्राउ, १५ लाख बढीको सामान बरामद

पर्सामा अवैध काठसहित ट्याक्टर र एक व्यक्ति पक्राउ, १५ लाख बढीको सामान बरामद

पर्सा १३ बैशाख

पर्सामा अवैध रूपमा ओसारपसार हुँदै गरेको काठसहित एक ट्याक्टर सबैया सब डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको छ ।

जिल्लाको वीरगंज महानगरपालिका वडा नं ३१ स्थित मिल चौकमा सबैया सब डिभिजन वन कार्यालय र सबैया साझेदारी वन उपभोक्ता समूहको संयुक्त गस्ती टोलीले आज आईतबार बिहान सुचनाको आधारमा साल काठ सहित प्रदेश २- ०३-००१ त १५७५ नम्बरको ट्याक्टर र वीरगंज महानगरपालिका वडा नं २९ मुसौली का कृष्ण प्रसाद साह लाई नियन्त्रण लिई डिभिजन वन कार्यालय पर्सा आवश्यक कार्वाहीको लागि पठाइएको छ ।

बरामद गरिएको २४ फिट काठ र ट्याक्टर सहित कुल १५ लाख बराबरको सामान नियन्त्रणमा लिइएको सबैया सब डिभिजन वन कार्यालय रेन्जर भुपाल रोकाय ले जनकारी दिएका हुन्।

नियन्त्रणमा लिइएको काठ तथा ट्याक्टरलाई आवश्यक कारबाहीका लागि सबैया सब डिभिजन वन कार्यालय सबैया मा राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।