कार्यवाहक मेयर इम्तियाज आलम सक्रिय बनेपछि विवादित करार कर्मचारीमा तनाव

कार्यवाहक मेयर इम्तियाज आलम सक्रिय बनेपछि विवादित करार कर्मचारीमा तनाव

वीरगञ्ज ३ असार

वीरगञ्ज महानगरपालिका निवर्तमान  प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण द्वारा गरिएको भनिएको विवादास्पद करार नियुक्ति प्रकरण थप चर्चामा आएको छ। महानगरपालिकाका कार्यवाहक मेयर इम्तियाज आलमले हिजोदेखि कार्यभार सम्हालेपछि कर्ण मार्फत नियुक्त गरिएका कर्मचारीहरू मा तनाव र अन्योल बढेको स्रोतले जनाएको छ।

महानगर स्रोतका अनुसार प्रमुख प्रशासकीय अधिकृत कर्णले आफ्ना नजिकका आफन्त तथा पहुँचवालालाई विभिन्न पदमा करार सेवामार्फत नियुक्त गरेका थिए। उनले आफ्ना साला शम्भु कुमार कर्णलाई कम्प्युटर अपरेटर, साला की श्रीमतीलाई शिक्षक, अर्चना कर्णलाई सचिवालय तथा राजेन्द्रकुमार कर्णलाई आन्तरिक लेखा परीक्षक पदमा नियुक्त गरेको आरोप लागेको छ।

यस विषयमा महानगर भित्रै कर्मचारी तथा जनप्रतिनिधिहरूले असन्तुष्टि जनाउँदै आएका बेला कार्यवाहक मेयर इम्तियाज आलमले कार्यभार सम्हालेपछि नियुक्ति प्रक्रिया माथि पुनः समीक्षा हुनसक्ने चर्चा सुरु भएको छ। त्यसपछि करार मार्फत नियुक्त भएका कर्मचारीहरू मा जागिर जोगिने वा नजोगिने भन्ने चिन्ता बढेको बताइएको छ।

महानगरका एक कर्मचारीका अनुसार “अहिले कार्यालयभित्र नियुक्ति प्रक्रिया छानबिन हुनसक्ने चर्चा व्यापक छ। जसका कारण पछिल्लो समय नियुक्त गरिएका केही कर्मचारी तनावमा देखिएका छन्।”

कर्ण माथि कर्मचारी कोटा आर्थिक लेनदे नमार्फत वितरण गरेको आरोप समेत लागेको छ। योग्यता भन्दा पहुँच र आर्थिक प्रभावका आधारमा नियुक्ति गरिएको गुनासो कर्मचारी वृत्तमै उठिरहेको छ।

कार्यवाहक मेयर आलम निकट स्रोतका अनुसार महानगरभित्र भएका पछिल्ला नियुक्ति, करार प्रक्रिया तथा आर्थिक गतिविधिबारे आन्तरिक रूपमा जानकारी संकलन सुरु गरिएको छ। यद्यपि यसबारे महानगरपालिका ले आधिकारिक धारणा सार्वजनिक गरेको छैन।

यस घटनापछि महानगरपालिका मा सुशासन, पारदर्शिता र प्रशासनिक नैतिकता माथि प्रश्न उठेको छ। स्थानीय सरोकारवालाहरूले सम्पूर्ण नियुक्ति प्रक्रिया निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।