सनातन हिन्दू मोर्चा द्वारा अन्तर्क्रिया कार्यक्रम सम्पन
सनातन हिन्दू मोर्चा द्वारा अन्तर्क्रिया कार्यक्रम सम्पन

बीरगंज ३ असोज
धर्म निरपेक्षता खारिज गर सनातन हिन्दू राष्ट्र नेपाल कायम गर भन्ने मूल नाराको साथ आज सनातन हिन्दू मोर्चा पर्सा जिल्ला समितिले श्री गहवा माई अतिथि सदन वीरगञ्जमा अन्तर्क्रिया कार्यक्रम सम्पन गरेकाे छ।
धर्म निरपेक्ष संविधान जारी भएको २०७२ साल असोज ३ गतेको दिन लाई हिन्दूवादी संघ संस्था तथा धार्मिक समूह सँगै सनातन हिन्दू मोर्चाले कालो दिवस वा कालो दिनको रुपमा मनाउने गरेको छ। सनातन हिन्दू राष्ट्र नेपाल स्थापना हेतु मोर्चाको संघर्ष जारी रहेको र विभिन्न समूह सँगै सहकार्य जारी रहेको छ।
सनातन हिन्दू मोर्चा पर्सा जिल्ला अध्यक्ष हनुमान दासको सभापतित्वमा भएको कार्यक्रममा सनातन हिन्दू मोर्चाको केन्द्रिय अध्यक्ष सन्तोशानन्द महराज् , केन्द्रिय कोषाध्यक्ष बिनोद प्रसाद कुर्मी, केन्द्रीय सदस्यहरू योगेन्द्र प्रसाद कलवार, भुपेन्द्र पौडेल, गीता मन्दिर संचालक समितिका अध्यक्ष मदन गुप्ता,श्री गहवा माई मन्दिर संचालक समितिका महासचिव विजय उपाध्याय, हिन्दूवादी अगुवाहरू एवं शिक्षा प्रेमीहरु प्रो.डा.हरेराम ठाकुर,राजेन्द्र सिंह, बृजमोहन तिवारी,अशोक सहनी, ज्योतिष आचार्य ध्रुव नारायण पाण्डेय,हिन्दू परिषद्का केन्द्रिय सदस्य सचितानन्द दुबे, घडिअर्वा छठ पूजा समितिका अध्यक्ष राकेश साह कानु, पत्रकार संतोष मिश्रा, रानीघाट श्रीराम जानकी मठका पुजारी सुबास बाबा,सनातन हिन्दू मोर्चा पर्सा जिल्ला महामन्त्री प्रमोद शर्मा, प्रवक्ता मुना साह तेली, जिल्ला सदस्य युवराज पटेल, वीरगञ्ज महानगर समितिका अध्यक्ष आनन्द गुप्ता, मन्त्री दिपक साह, काेषाध्यक्ष राजु साह तेली, नगर सदस्य सागर साह,हिन्दूवादी अभियान्ताहरू संतोष पाल, अवधेश यादव, मन्तोश पटेल, प्रेमनारायण मिश्र लगाएतकाले आ-आफ्नो विचार व्यक्त गरेका थिए।
कार्यक्रम बोल्ने वक्ताहरुले सनातन हिन्दू राष्ट्र हुनू पर्ने कुरामा जोड दिँदै धर्म निरपेक्षता लागि गर्ने तत्कालीन राजनीतिक दलको कडा शब्दमा निन्दा गरेका थिए।





