स्वास्थ्य मन्त्री लाई खुल्ला पत्र

आदरणीय मन्त्री ज्यु नमस्कार ! म बिरगंज महानगरपालिका वडा न. २० निवासी राम किशोर सिंह ´पराग` ।

आदरणीय मन्त्री ज्यु , हाल विश्व एउटा अदृश्य भाइरस कोभिड-१९ (COVID- 19) को भयावह बाट गुज्रिरहेको छ ।

विश्व भर लाखौं मानिसहरु यो भाइरस बाट प्रत्यक्ष संक्रमित भएका छन भने हजारौंको ज्यान गुमिसकेको अवस्था छ । यस भाइरस विरुद्ध हाल सम्म कुनैपनि औसधि उपचार पत्ता नलागेको अवस्थामा मानव जीवन थप नाजुक हुने निश्चितै छ । ए

व्यक्ति बाट अर्को व्यक्तिमा यो भाइरस फैलिने भएकोले आज विश्व भर पुर्ण लकडाउन गर्नु परेको छ ।
हाम्रो छिमेकी मुलुकहरु भारत र चीनमा यो कोभिड- १९ भाइरसले विकराल अवस्था सिर्जना गरेको छ ।

विशेषगरी नेपालको तराइ भु-भाग भारत संग नजिक छ । खुल्ला सिमाना भएकोले संक्रमण फैलिन सक्ने जोखिम अत्यन्तै बढी रहेको छ । यस्ले जनजीवन थप कष्टकर बनाएको छ । लकडाउन बाट भोग्नु परेको समस्या त छदैछ थप मानसिक दबाब बढ्न थालेको छ ।

मन्त्री ज्यु लाई किन यो पत्र लेखियो भन्दा , यहाँ अबस्थित नारायणी क्षेत्रीय अस्पतालको अवस्था र यो अस्पताल लाई तत्काल राज्यले देखोस भनेर नै हो ।

धेरै जनसंख्या रहेको यस पर्सा जिल्लामा खुल्ला सिमाना भएकोले रोजगारी का लागि नेपाल भारत दुबै मुलुकका नागरिकहरु को आवतजावत छ । भारत सरकारले लकडाउन खुला गरेमा अवस्था नियन्त्रण गर्न मुस्किल पर्ने देखिन्छ ।

हाल अस्पताल भित्र २१ वटा आइसोलेसन वार्ड हरु छ । जिल्लाको जनसंख्या हेर्ने हो भने अत्यन्तै बढी र कुनैपनि बेला समस्या आएमा उपचार सम्भव नहुने निश्चित छ ।

तसर्थ सरकार ले तत्काल यस नारायणी क्षेत्रीय अस्पतालमा आइसोलेसन वार्ड थप्न आवश्यक कदम चाल्नु पर्छ । यो संभावना नभए अस्पतालको निगरानीमा कतै नजिक खुल्ला स्थानमा वा कृषि अवजारमा नया आइसोलेसन वार्ड सहितको कोरोना परिक्षण केन्द्र निर्माण गर्नुपर्ने देखिन्छ ।

PPE र Swab परिक्षण ल्याबको व्यवस्थापन तत्काल गरिनु पर्ने देखिन्छ । कोरोना संक्रमण सकारात्मक हो वा नकारात्मक हो भन्ने जानकारी छिटो गराइनु पर्नेछ । उपलब्ध स्वास्थ्य परिक्षण का सामाग्रीहरु बढाइ उपचारमा थप जिम्मेवार हुनको लागि अनुरोध गर्दछु ।

हालै मात्र यहाका माननीय सम्सद भारत पुगेर आएको खबर चर्चामा छ कति संगै गएका थिए र कति आए प्रशासन लाई खबर छैन भन्छ गैर जिम्मेवार भैइ बक्त्ब्य दिन्छ। यस बारे मन्त्रालय जानकार छ कि छैन , यस्ले निम्त्याउन सक्ने खतरा को बारेमा पनि अध्ययन गरेको होला भन्ने आशा गर्दछु ।

स्थानीय सरकार को भुमिका कमजोर र लापरवाह देखिएको छ । अनावश्यक राजनैतिक खेलोमेलो मा स्थानीय सरोकारवाला निकाय र राजनीतिक दलहरु फसेकाले राहत संकलन र बितरण मा समेत असर परेको कुरा जानकारी गराउन चाहन्छु ।

जिल्ला प्रशासन समेत गैर जिम्मेवारी भैरहेको ले जिल्लामा दैनिक ज्यालादारी गरेर खाने परिवारहरु को बिचल्ली हुन थालेको छ । यस्मा पनि केन्द्र बाट उचित निर्देशन र अवलोकन का लागि ध्यानाकर्षण गर्न चाहन्छु ।

बढ्दो गर्मी सङसङै अब तराई का जिल्लाहरु मा मलेरिया , डेङ्गु , सर्प धङ्स आदि बाट प्रभावित हुने गर्दछ । यो कोरोना रोकथाम संगै मानिस हरु को बढ्दो आवतजावत ले अन्य रोगहरु को सिकार हुनु पर्ने बाध्यता हामी माझ छ ।

तसर्थ यस्मा पनि बेलैमा सरकार र विशेष गरि स्वास्थ्य मन्त्रालयको नजर समयमै पुगोस र थप क्षति हुन बाट देशलाई बचाउन यो खुला पत्र बाट नै ध्यानाकर्षण गर्न चाहन्छु ।

राम किशोर सिह (पराग)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।