कलैया वडा नम्बर १६ मा मतदाता को मन जित्दै युवा नेता अनिल कुशवाहा

वीरगञ्ज २२ बैशाख

ने.क. पा. एमालेले कलैया उपमहानगरपालिकाको वडा अध्यक्षमा अनिल कुशवाहालाई उम्मेदवार बनाएपछि वडाभित्र तरंग उत्पन्न भएको हाे। यसपटककाे वडा अध्यक्षमा उम्मेदवारी दिएका मध्ये उनी एक शिक्षित तथा कर्मठ उम्मेदवार पनि हुन् ।

वडा नम्बर १६ मा हुने हरेक विकास निर्माण र सामाजिक काममा संलग्न रहँदै आएका कुशवाहाले यसपटक भने वडा अध्यक्षमा जित हात पार्ने दाबी गरे।

देशभर गठबन्धनका उम्मेदवार चुनावी मैदानमा उत्रँदै गर्दा कलैया उपमहानगरपालिकामा भने एमालेले एक्लै चुनाव लड्दैछ।

यसअघि फोरमले जितेकाे यस वडामा अहिले एमालेबाट वडा अध्यक्षमा अनिल कुशवाहा उठेका छन्। राजनीतिलाई विशुद्ध समाजसेवाकाे रूपमा लिनु पर्ने बताउँदै कुशवाहाले भने, ‘यसअघि कलैया उपहनगरपालिका- १६ बाट जितेकाहरूले गर्न नसकेकाे काम यसपटक म गरेर देखाउँछु।’

उनी यस क्षेत्रका विभिन्न संघ संस्थाहरुमा सफलता पूर्वक कार्य गरिसकेका छन। नगरको विकास र प्रगतिका लागि काम गर्न सक्ने क्षमता अनिलमा रहेको यहाँका नागरिकहरु बताउँछन्।

यसपटक कलैया उपमहानगरपालिका वडा नम्बर १६ का लागि ७ जनाको उम्मेदवारी परेको छ। जसमध्ये सबैभन्दा धेरै चर्चा अनिल कुशवाहाकै छ।

‘हामी मत मात्र हेरिरहेका छैनौं। मन र मस्तिष्कलाई जोड्ने अभियानमा पनि छौँ ।’ कुशवाहाले भने, । कर्म गर्नुस्, फल आफैं मिल्छ भन्ने मान्यता बाेकेर अघि बढेका कुशवाहाले विगतमा आफूले गरेका कामकाे मूल्यांकन यसपटक वडावासीले गर्ने विश्वास व्यक्त गरे, ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।