जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको केन्द्रीय कार्यालयमा स्थलगत अवलोकन गरे :- मन्त्री यादव

वीरगञ्ज, २ साउन

वन तथा वातावरण मन्त्री प्रदीप यादवले काठमाण्डौको कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको केन्द्रीय कार्यालयमा स्थलगत अवलोकन गरेका छन् । सोमवार मन्त्री यादवले कम्पनीको स्थलगत अवलोकन गर्दै त्यसको कार्यप्रगतीका बारेमा जानकारी लिएका छन् ।

कम्पनीका कर्मचारीसँग जडिबुटी उत्पादनदेखि प्रशोधनका समयमा वातावरणलाई सुरक्षित राख्ने विषयमा केन्द्रीत भएर सोही अवसरमा छलफलसमेत गरिएको मन्त्री यादवले जानकारी दिए ।

उनकाअनुसार मन्त्रालयअन्र्तगत पर्ने कम्पनीको उत्पादन, प्रशोधन कक्षहरुको अवलोकन, कम्पनीले गरेका गतिविधि, वितरणसँगै त्याहाँका समस्याहरुको बारेमासमेत छलफल भएको हो ।

राष्ट्रियसँगै अन्तराष्ट्रिय बजारमा समेत आफ्नो उत्पादन विक्री वितरण गरिरहेको यस कम्पनीलाई समस्या रहित बनाउने प्रतिबद्धता पनि मन्त्री यादवले व्यक्त गरेका छन् ।

अतिक्रमणको समस्यादेखि उत्पादन वृद्धि र करको विषयमा कम्पनीका कर्मचारीले उठाएका सवालहरुलाई आफुले गम्भीरतापूर्वक लिएको बताउँदै मन्त्री यादवले ति समस्याहरुको समाधानका लागि आजैदेखि काम शुरु गर्ने बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।