प्रधानमन्त्री शेरबहादुर देउवा पत्नि आरजु र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच दिल्लीमा भेटवार्ता

सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पत्नि आरजु र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच दिल्लीमा भेटवार्ता भएको छ।

उपचारका लागि भन्दै भारतमा रहेकी देउवा र शुक्रबारमात्रै दिल्ली अवतरण गरेका दाहालविच शनिवार विहान भेटवार्ता भएको हो। उनीहरु विच शुक्रवार साँझ दूतावासमा आयोजना भएको रात्रि भोजमा पनि भेटवार्ता भएको थियो ।

आरजु र दाहालको भेटवार्ताका क्रममा भारतका लागि नेपाली राजदूत शंकर शर्मा र प्रचण्ड पुत्री गंगा दाहाल पनि थिए । आरजु केही दिन अघि देखि नै दिल्लीमा छिन्।

सो भेटघाटलाई नेकपा एमालेका नेताले आलोचना गर्न थालेका छन्। एमाले नेता विष्णु रिजालले सामाजिक सञ्जालमार्फत ‘एक लज्जास्पद भेट’ भन्दै ‘यस्ता कुरुप दृश्यले प्रत्येक स्वाभिमानी नेपालीको शिर निहुरिएको’ टिप्पणी गरेका छन्। नेकपा एमाले नेताहरु आफुहरु जहा र जस्तो भेट् गर्दा हुनेतर अहिले प्रचण्ड र आरजु बारेमा अनावश्यक टिप्पणी गर्न थालेका छ ।

त्यस्तै, एमाले सांसद शान्ता चौधरीले पनि व्यंग्यात्मक स्टाटस लेख्दै भनेकी छिन्, ‘उनीहरुको अगाडि बसेरै कसम खानुपर्ने बाध्यता भएर पो दिल्ली जानुभएको रहेछ क्या हो!’ भनेर समाजिक संजालमा टिप्पणी गरेकी हुन तर नेपाली नागरिककोहैसियत कोहि उपचार गराउने ब्याक्तीलाई भारत भेट्न् नपाईने हाल खबर लिन न पाईने हो र ? भन्ने कुरा पनि काङ्ग्रेसका केही नेताले एमालेका नेतालाई प्रश्न गरेका छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।