मेयर सम्मेलनमा भाग लिन वीरगञ्ज महानगरपालिका मेयर सिंह र उपमेयर आलम पोखरा जाने

वीरगञ्ज ९ साउन

मेयर सम्मेलनमा भाग लिन वीरगञ्ज महानगरपालिकाका प्रमुख (मेयर) राजेशमान सिंह र उप प्रमुख (उप मेयर )इम्तियाज आलम पोखरा जाने भएका छन् ।यही साउन १३ र १४ गते पोखरामा हुने देशैभरका महानगरपालिकाका मेयर , उप मेयर तथा प्रमुख अधिकृतहरु सम्मेलनमा सहभागी हुन पोखरा जान लागेका हुन।पोखरा महानगरपालिकाको आयोजनामा हुन लागेको सम्मेलनमा ६ वटै महानगरका प्रमुख तथा उप प्रमुख र प्रमुख अधिकृत हरु सहभागी हुने छन् ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख सिंहसँगै भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल, काठमाण्डौ महानगरपालिकाका प्रमुख बालेन्द्र साह, ललिततपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, बिराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला सहभागी हुनेछन् ।

६ वटा महानगरमध्ये ललितपुर र भरतपुरमा पूरानै मेयर छन् भने अरू ४ महानगरमा नयाँ मेयर निर्वाचित भएका छन् । पुराना मेयरको अनुभव सुनेर नयाँ मेयरले कामको कार्ययोजना बनाउन सजिलो हुने पोखरा महानगरले जनाएको छ ।महानगरपालिकामा हुने गतिविधि, ऐन कानुन, आवश्यक सुधार लगायतका बारेमा बिचार एवम् अनुभवको आदान प्रदान गर्नका लागि महानगरका मेयरहरुको सम्बन्ध बिस्तारमा पनि सघाउ पुग्ने अभिप्रायले मेयर सम्मेलनआयोजना गरिएको हो ।

यसअघि पनि पोखरा महानगरकै आयोजनामा मेयर सम्मेलन भएको थियो । सम्मेलनमा महानगरको संचालन कानुन फरक हुनुपर्ने आवाज उठे पनि कार्यान्वयनमा गएको थिएन ।

यसपालि पनि महानगरको छुट्टै सञ्चालन ऐन निर्माणका लागि छलफल हुन सक्ने जानकारी बिरगंज महानगर पालिका का उप प्रमुख को प्रेस सल्लाहकार महमद सदाब ले दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।