इश्वरचन्द्र यादव नेतृत्वको अनुगमन टोलीले गरे अन्नपूर्णा र युनिभर्सल कलेजमा सिलबन्दी

वीरगञ्ज १८ भदौ

वीरगञ्ज महानगरद्वारा गठित नियमन समितिका संयोजक इश्वरचन्द्र यादब नेतृत्वको टोलीले वीरगञ्जको श्री माईस्थान बाल विद्या मन्दिर इन्दुलाखे आधारभूत विद्यालय गहवामा रहेको अन्नपूर्णा कलेज र श्रीपुर फुलवारी टोलमा रहेको युनिभर्सल कलेज अवैध रूपमा कलेज संचालनमा रहेको सुचना पाए पछि वीरगञ्ज महानगरपालिकाको अनुगमन टोलीले कलेजमा सिलबन्दी गरेको छ ।

महानगरबाट अनुगमन गर्न पुगेका टोलीले कलेज सञ्चालनका लागि आवश्यक कागजात तथा अनुमतिपत्र नलिएको भेटे पछि कलेजमा सिलबन्दी गरेको हो ।

सो अनुगमनमा विशेष उपस्थिति जिल्ला समन्वय समिति पर्साका सभापति निरञ्जन साह सोनार, वडा नम्बर १६ का वडा अध्यक्ष प्रशुराम चौरसिया, शिक्षा महाशाखाका अधिकृत सृर्जना बुढाथोकी, महानगर प्रमुखका जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, नगर प्रहरी ईन्चार्ज हरि भुषाल, जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधि ब्रह्मदेब प्रसाद यादब लगायत सञ्चारकर्मी एवम् जनप्रतिनिधिको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
error: यो समाग्री सुरक्षित छ ।