टिकटक प्रतिबन्धविरुद्धको रिटमा अन्तरिम आदेश अस्विकार

यस्तै, ईजलासले उक्त रिटमा १५ गतेभित्र लिखित जवाफ पेस गर्न सरकारको नाममा कारण देखा आदेश गरेको छ । टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्च अदातमा १० वटा रिट परेको थियो ।
सार्वजनिक शिष्टाचारविरुद्धका सामाग्री टिकटकले नहटाएको र प्रयोगकर्ताको विवरण सरोकारवालालाई उपलब्ध नगराएको भन्दै गत कात्तिक २७ गतेको मन्त्रीपरिषद् बैठकबाट टिकटकलाई प्रतिबन्ध लगाउने निर्णय भएको थियो ।






