सिमाको पुल निर्माणले दुइ देशको सम्बन्ध बलियो हुने आशा
सिमाको पुल निर्माणले दुइ देशको सम्बन्ध बलियो हुने आशा

अनिल तिवारी
मुजफ्फरपुर ३ माघ
भारतीय सत्ताधारी दल भाजपाका सांसद पुर्व प्रधानमन्त्री बिमलेन्द्र निधिलाई राममन्दिर प्राणप्रतिष्ठको निम्तो अक्षता दिनु भएको छ । तलबलका साथ भारतको मुजफरपुर पुगनु भएको नेपाली कांग्रेसका नेता निधिलाई स्वागत गर्दै अक्षता एवम निमन्त्रण पत्र दिनु भएको छ ।
भाजपाको तर्फबाट मुजफरपुरका लोकसभाका सांसद अजय निषादसंग कुरा गर्दै पूर्व उप प्रधानमन्ंत्री निधिले४ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बिशेष पहलमा भारत–नेपालको सम्बन्ध अझ प्रगाढ बन्दै गएको बताउनु भयो ।नेपाली कांग्रेसका नेता निधिले भारतले नेपाललाई प्रदान गर्दै आएको सहयोग प्रति भारतीय प्रधानमंत्री नरेन्द्र मोदीको पहल सराहना योग्य रहकोमा धन्यवाद व्यक्त गर्नु भयो ।
साथै उहाले भारत – नेपाल बीच मधुबनी जिल्लाको सिमावर्ती भू–भागसंग जोडने सडकमा पर्ने पुल निमार्ण गर्न भारतीय पहलको आवश्यकता रहेको बताउनु भयो । नेपालमा निर्माण भइरहेको पुलले दुबै देशका जनताहरुको ‘आउ –जाउ’मा हुने ठुलो कठिना हटनुका साथै सडक बिस्तारको लागी भारतीय क्षेत्रमा पर्ने पुलहरुको निमार्णको लागी भाजपा नेताको ध्यानाकर्षण गराउनु भयो । जसले गर्दा दुबै देशका जनता बिचको बैवाहिक कार्यक्रमा ज्यन्ति आउने जाने देखि लिएर दैनिकको आर्थिक कारोवार लगायतका बेटी–रोटी का सम्बन्ध अझ दरिलो हुने दुबै नेताहरुको निशकर्ष रहेको थियो ।
नेपालको सिमावर्ती बजार जटही देखि सिक्सलाईन सडकको निमार्ण कार्यसुरु भइसकेको बताउदै नेता निधिले थलही घाट अकरहर घाट र लगमा गांउ नजिकै रहेको सहारघाट लगायतको ठाउमा पुल निर्माण तर्फ भारतीय पहलको आवश्यकता रहेको अनुरोध गर्नु भयो ।
नेपाल जनताको आवागमन सुगमको लागी भारतको मझौली देखि चिरौतसम्म फोरलेन सडक निर्माण भइरहेको बताउदै भारतीय सांसद अजय निषादले दुबै देशको विकासको लागी सड़क–पुल बनाउन आफु सबैखालको सहयोग गर्ने आवश्वासन व्यक्त गर्नुभयो ।
मिडिया फर बोडर हार्मोनीका अध्यक्ष अमरेन्द्र तिवारीको बिशेष पहलमा भएको भेटघाटले धेरै सार्थक भएको बताउदै आगामि दिनमा पनि सिमावर्ती समस्याहरुलाई स्थानिय स्तरबाटै समाधान तर्फ आफुहरु भेटघाटलाई निरन्तर्ता दिने बताएका थिए ।
बिशेष भेटघाटका लागी पहिलो पटक पुग्नु भएका नेपाली कांग्रेसका नेता निधि र भारतीय सांसद अजय निषदले सिमावर्ती जनताको सहजताको लागी संयुक्त रुपमा भारतीय एसएसबीका डीआईजीसंग भेटने बारे पनि छलफल गर्नु भएको थियो । यसको साथै नेता निधिले जनपुरको पुरातन संस्कृतिको रुपमा रहेको भार सन्देशलाई निरन्तर्ता दिदै भाजपा सांसद निषदलाई भारत प्रदान गर्नुभएको थियो ।
नेपाली टोलीहरु मेयर विजय कुमार यादव, मेयर जयकुमार यादव, नेपाली कांग्रेसका नेता अनामिका निधि, धीरेन्द्र निधि, सड़क डिवीजनका प्रमुख ई.अरूण कुमार लाल, स्थानिय नेता गणेश तिवारी, मानवेन्द्र निधि लागतको व्यक्तित्वहरुको सहभागी रहेको थियो ।
भेटघाटमा भारतीय तर्फबाट मीडिया फार बार्डर हार्मोनी मुजफ्फरपुर जिलाध्यक्ष रंजन कुमार, वैशाली जिलाध्यक्ष प्रभात कुमार ,सुमित कुमार, सांसद प्रतिनिधि प्रो.डा.हरिशंकर भारती, भाजपाका वरीय नेता प्रवीण कुमार, विकास गुप्ता, अभिषेक सिंह लगायतका व्यक्तिहरुले नेपाली पक्षलाई अंगवस्त्र ओडाएर स्वागत गरेका थिए ।






